आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजीनामापछि एमाले सांसदले काँग्रेसलाई दिए यति ठुलो सरप्राइज

प्रकाशित
147
SHARES

लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार प्रदेशसभा सदस्यबाट राजीनामा दिइएका सांसद पाण्डे ​ सोमबार एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई विपक्षी गठबन्धनमा सम्मिलित दलका नेताहरुले स्वागत गरेका थिए ।

उनलाई काँग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने सहमति भएको बताए ।

माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेर एमाले प्रवेश गरेपछि पदमुक्त भएका चन्द्रबहादुर खड्काको ठाउँमा गठबन्धनको समर्थनबाट उनलाई जिताउने कानौडियाले बताए ।

प्रतिक्रिया