आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डेढ केजी सुनसहित विमानस्थलबाट पाँचजना पक्राउ

प्रकाशित
149
SHARES

काठमाडौँ । अवैध रुपमा ल्याइएको १४ सय ग्राम (१ केजी ४०० ग्राम) सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचजना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गुल्मीका जनक खड्का, प्यूठानका यमलाल खनाल, कास्कीका राजु विक, नुवाकोटका धनबहादुर तामाङ र सुमित तामाङ रहेका छन् ।

उनीहरूले साउन्ड बक्सहरूमा सुन राखेर विभिन्न फ्लाइटहरूबाट नेपाल भित्र्याउन खोजेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू भरिया मात्र रहेको र यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया