आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एकैदिनमा थपिए २३५१ कोरोना संक्रमित, काठमाडौँमा मात्रै यति धेरै

प्रकाशित
291
SHARES

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ हजार ८४४ नमूनाको पिसिआर परीक्षण र ८०३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार २ सय २० जना र एन्टिजेन विधिबाट १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ जना संक्रमित थपिएका छन्।यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ८९ हजार ९१८ पुगेको छ।

गत २४ घण्टामा २८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७६ हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ।कोरोनाबाट निको हुनेको दर ९५.३ प्रतिशत छ।

काठमाडौँमा मात्र :

काठमाडौं उपत्यकामा १०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

यस्तै देशभर २३५१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया