आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कसलाई आयो लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्ने अफर ?

प्रकाशित
260
SHARES

बुटवल । लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रले दर्ता गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव परिएको छ ।

८७ सदस्यीय प्रदेशसभामा (८९ सदस्यमध्ये माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका दुई सदस्य पदमुक्त भएकाले) नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ । अविश्वासको प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ प्रदेशसभा सदस्य गरी ४१ जनाले हस्ताक्षर गरेका छन् ।

जसपामा साविकको राजपा पक्षीय प्रदेशसभा सदस्य कल्पना पाण्डेले भने हस्ताक्षर गरेकी छैनन् । राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् । तर अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहको विवाद उत्कर्षमा पुगेकाले एमाले एकठाउँमा उभिन कठिन छ ।

प्रतिक्रिया