आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमाआज सार्वजनिक बिदा

प्रकाशित
271
SHARES

काठमाडौँ । सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

कर्णालीमा चैतेदशैँलाई अन्य चाडपर्वझै उत्सवका साथ मनाउने गरिन्छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेशअन्तर्गतका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्थालगायतमा बिदा लागू हुने जनाएको छ । प्रदेश सरकारले चैतेदशैँका अतिरिक्त धान दिवस, प्रदेश शहीद दिवसमा पनि सार्वजनिक बिदा दिँदै आएको छ ।

कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै ओलीले बालुवाटारमा मनाए धार्मिक उत्सव

प्रधानमन्त्री निवासमा बालुवाटारमा मंगलबार बिहानै मंगल धुन गुन्जिन थाल्यो । एकातिर पूजापाठ पनि चलिरहेको थियो । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै मानिसहरुको उपस्थिति पनि उल्लेख्य थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडी अयोध्याधाममा स्थापना गर्ने राम-सीताका मूर्ति हस्तान्तरण गर्न धार्मिक अनुष्ठान आयोजना गरिएको हाे बालुवाटारमा । मूर्ति राखिएका गाडीहरुलाई फूलमालाले सिँगारिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पर्यटन तथा संस्कृतमन्त्री भानुभक्त ढकाल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, सन्तमहन्तलगायतको उपस्थिति रहेको थियाे । ओलीले नै बनाउन लगाएको भनिएको राम, सीता, लक्षमण र हनुमानका मूर्ति रामनवमीको अवसर पारेर अयोध्याधाममा स्थापना गर्ने कार्यक्रम छ ।

पूर्णकदका ती मूर्तिहरु माडी अयोध्याधाममा बुधबार (यही वैशाख ८ गते) अनावरण गर्न लागिएको अयोध्याधाम प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा रहेका ती मूर्तिहरुलाई मंगलबार प्रधानमन्त्री ओलीले स्वस्तीवाचनसहित हस्तान्तरण गरे । ‘श्री सीताराम शोभा रथयात्रा’ नाम दिइएको सो धार्मिक र्‍याली सहित सीता-रामका मूर्तिहरुलाई आज देवघाटमा लगेर राखिनेछ । भोलिपल्ट चैत ८ गते अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा लगेर अनावरण गर्ने कार्यक्रम छ ।

 

पुरोहितहरुको सहभागिता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा मूर्तिहरु अनावरण गर्न लागिएको बागमती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले त्रेतायुगका मर्यादापुरुषोत्तम रामको जन्म अयोध्यापुरीमा भएको सार्वजनिक अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चामा आएको थियो ।

प्रतिक्रिया