आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीले बोलाएको सर्वदलीय बैठकमा नजाने प्रचण्ड

प्रकाशित
193
SHARES

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बोलाइएको आजको बैठकमा अध्यक्ष प्रचण्ड नजाने प्रचण्डको सचिवालयले जनाएको छ । शुक्रबार भने प्रचण्डले प्रधानमन्त्रीले टेलिफोन गरेको भन्दै भेटेर कुरा गर्ने बताएका थिए ।

ललितपुरको एउटा कार्यक्रमका क्रममा प्रचण्डले सार्वजनिक मञ्चबाट नै प्रधानमन्त्रीले फोन गरेको जानकारी दिँदै भेटेर कुराकानी गर्ने बताए पनि आजको सर्वदलीय बैठकमा भने सहभागी नहुने निर्णय गरेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।बालुवाटार नजाने निर्णय गर्नुअघि उनले एमाले नेता माधवकुमार नेपालसँग फोनमा कुराकानी गरेका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रले भने सर्वदलीय बैठकका लागि निम्तो नै नआएको दाबी गरेको छ भने बालुवाटारले भने सबैलाई बोलाइएको जनाएको छ।

प्रतिक्रिया