आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमा कहिलेदेखि हुँदैछ लकडाउन ? मन्त्रिपरिषद् बैठकले बल्ल गर्यो यस्तो निर्णय

प्रकाशित
743
SHARES

काठमाडाैं । कोरोनाको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद्को बैठकले भने तत्काल कुनै पनि क्षेत्र बन्द गर्नु नै अन्तिम उपाय नभएको भन्दै नयाँ मापदण्डमा कडाइ गर्ने निर्णय गरेको हो ।

तर, अवस्था र परिस्थिति हेरेर थप निर्णय भने गर्ने सरकारको तयारी छ । नेपालमा यूके भेरियन्ट फैलिएको र यसबाट बालबालिका धेरै प्रभावित हुन थालेका डाक्टरले बताउँदै आएका छन् । हिजो देशभर ५ सय ५९ जनालाई कोरोना सङ्क्रमण भएकोमा १८ वर्षमुनिका २४ जना छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्लो १० दिनमा १८ वर्षमुनिका दुई सय ८० जना सङ्क्रमित भएका छन् । कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै विद्यालय क्षेत्रमा जोखिम बढ्दै गएको छ ।

छिमेकी राष्ट्र भारतमा कोरोना महामारी बढिरहदा नेपालमा तिब्र रुपमा बढीरहेको कोरोना माहामारी सँग-सँगै मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । नेपालमा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालससम्म नेपालमा ३ हजार ५३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म २ लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो एक साताको विवरण हेर्दा कोरोना संक्रमितको दर बढ्दो देखिएको छ । गत सोमबार चैत २३ गते नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो भने २६६ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी चैत २४ गते मंगलबार २६० जनामा संक्रमण पुष्टि भएको थियो । २५ गते बुधबार तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए भने २९८ जना संक्रमित थपिएका थिए ।

चैत २६ गते विहीबार संक्रमितको संख्या केही बढेको थियो । उक्त दिन ३३२ जनामा संक्रमण देखिएको थियो । यसैगरी चैत २७ र २८ गते संक्रमितको संख्या क्रमशः २८८ र ३३७ थियो भने २८ गते एक संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै आइतबार (हिजो) ३०३ जनामा कोरोना पुष्टि भएको थियो भने २ जनाले ज्यान गुमाएका थिए । एक साताको तथ्यांक हेर्दा आज सबैभन्दा बढी ४९६ जनामा कोरोना पुष्टि भएको छ भने ज्यान गुमाउनेको संख्या पनि बढेको छ ।

यस्तै कोरोना भाइरस कोभिड-१९ विरुद्धको भेरोसेल खोप मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकले पाउने भएका छन् । भोलिदेखि ०७८ वैशाख ५ सम्म खोप सो उमेर समूहका नागरिकलाई खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखा प्रमुख डा. झलक गौतमले बताए ।

चैत २५ बाट १८ देखि ५९ बर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको थियो । १८ देखि ५९ वर्ष समूहका अर्थात् पहिलो प्राथमिकतामा परेका विद्यार्थी, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले समेत खोप लगाउँन पाउने उनले बताए । यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिनेहरूले समेत चिनियाँ भेरोसेल खोप लगाउन पाउँछन् ।

प्रतिक्रिया