आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालले यसरी गरे देशभरका आफ्नै नेता कार्यकर्ताको घोर अपमान

प्रकाशित
312
SHARES

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नै नेता कार्यकर्ताको घोर अपमान गरेका छन् । एमालेका वरिष्ठ नेता नेपालले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गरेपछि उनी पक्षीय नेताहरुले नै आपत्ती प्रकट गरेका छन् ।

उनले शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘ ओलीलाई साथ दिनेहरु दास हुन् । त्‍यसकारण समानान्तर कमिटि गठनका लागि विराटनगर आएका छौँ। ‘

उनको यो अभिव्यक्तीको उनी पक्षीय नेताहरुले विरोध गरेका छन् । कार्यकर्तालाई दास भन्नु निन्दनीय छ, नेपाल पक्षका एक नेताले हामीसँग भने ।

ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको उनको भनाइ छ । आफहरु ओलीको दास हुन नसक्ने बताउँदै उनले संगठित भएर विरोध गर्ने जिकिर गरे ।

‘ विधान विपरीत काम गर्नेलाई साथ, समर्थन दिने दास हुन्, हामी होइनौं,’ उनले भने ‘ओलीले पार्टीभित्र मुख हेरेर कारबाही चलाएका छन्, यो विधान विपरीत छ ।’

पछिल्लो समय वरिष्ठ नेता नेपाल देशभर विद्यार्थी, युवा र महिला संगठनमा समान्तर कमिटी गठन गर्दै आएको छ ।

प्रतिक्रिया