आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२८८ जना कोरोना संक्रमित थपिए

प्रकाशित
322
SHARES

काठमाडौँ । नेपालमा थप २८८ जना कोरोना भाइरस (कोभिड—१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ७१ वटा पीसीआर परीक्षण गर्दा २८८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ ।

आज १२७ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ ।

प्रतिक्रिया