आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई साथ दिनेहरु दास हुन- माधव नेपाल

प्रकाशित
315
SHARES

मोरङ । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विधान विपरीत काम गर्ने नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गरेका छन् ।

शुक्रबार विराटनगर आइपुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, ‘ ओलीलाई साथ दिनेहरु दास हुन् । त्‍यसकारण समानान्तर कमिटि गठनका लागि विराटनगर आएका छौँ। ‘

ओलीले विधान विपरीत काम गर्दै हिडेका कारण सामान्तर कमिटी गठन गर्न शुरु गरेको उनको भनाइ छ । आफहरु ओलीको दास हुन नसक्ने बताउँदै उनले संगठित भएर विरोध गर्ने जिकिर गरे ।

विधान विपरीत काम गर्नेलाई साथ, समर्थन दिने दास हुन्, हामी होइनौं,’ उनले भने ‘ओलीले पार्टीभित्र मुख हेरेर कारबाही चलाएका छन्, यो विधान विपरीत छ ।’ पछिल्लो समय वरिष्ठ नेता नेपाल देशभर विद्यार्थी, युवा र महिला संगठनमा समान्तर कमिटी गठन गर्दै आएको छ ।

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजिरहेको आरोप लगाएका छन् । तर ओलीले चाहेको जस्तो नहुने देउवाको भनाइ थियो ।

शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘‘ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ । उनले चाहेर पनि सत्ता कब्जा हुँदैन ।’

देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने बताए । ‘उनलाई हटाउन हामी सबै लागौं,’ देउवाले भने । आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकार नेतृत्वका लागि पार्टीले अगाडि सारेकोमा उनले पार्टीलाई धन्यवाद दिए । ‘सरकार बनाउन अग्रसर किन नहुने नि । कसलाई बनाउने हो म तयार छु ।

म आफू नै हुनुपर्छ भनेको पनि छैन । म नै हुनुपर्छ कहाँ भनेको छु मैले ?’ उनले भने । उनले अगाडि भने, ‘भोलि मन्त्रिमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहियो । सबै साथीहरुले शेरबहादुर केही गरेन भनेपछि आज बैठक बोलाएको छु ।’

तर देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने पनि बताए । ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया