आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ओलीलाई हटाउन सबैले लाग्नुपर्छ- देउवा

प्रकाशित
151
SHARES
sf7df8f}F, @% k';M g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf zlgaf/ sf7df8f}Fsf] gf/fo0fyfgdf cfof]lht lj/f]w ;efnfO{ ;Daf]wg ub}{ . t:jL/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजिरहेको आरोप लगाएका छन् । तर ओलीले चाहेको जस्तो नहुने देउवाको भनाइ थियो ।

शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘‘ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ । उनले चाहेर पनि सत्ता कब्जा हुँदैन ।’

देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने बताए । ‘उनलाई हटाउन हामी सबै लागौं,’ देउवाले भने । आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकार नेतृत्वका लागि पार्टीले अगाडि सारेकोमा उनले पार्टीलाई धन्यवाद दिए । ‘सरकार बनाउन अग्रसर किन नहुने नि । कसलाई बनाउने हो म तयार छु ।

म आफू नै हुनुपर्छ भनेको पनि छैन । म नै हुनुपर्छ कहाँ भनेको छु मैले ?’ उनले भने । उनले अगाडि भने, ‘भोलि मन्त्रिमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहियो । सबै साथीहरुले शेरबहादुर केही गरेन भनेपछि आज बैठक बोलाएको छु ।’

तर देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने पनि बताए । ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्छ,’ उनले भने ।

यस्तै उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई वास्तविकताको धरातलमा बसेर कुरा गर्न पनि आग्रह गरे । ‘हामीले वास्तविकता बुझ्नुपर्छ । संसदमा हाम्रो संख्या संसद बेलाउन पनि पुग्दैन । यो वास्तविकता हो । संसद बोलाउन केही संख्या नपुगेर हामीले सहयोग पाएनौं । संसदमा अविश्वासको प्रस्ताव राख्ने संख्या हाम्रो पुग्दैन ।

ओलीलाई बोलाएर संसदमा उभ्याउन संख्या पुग्दैन । यो वास्तविक कुरा हो । संविधान अनुसार जानुपर्ने हुन्छ,’ उनले भने, ‘संसदको एक चौथाइ सदस्यले कुनै बेला संसद बाेलाउन सक्छ । हामीसँग एक चौथाइ छैन । यो वास्तविकता हो नि । हामीले के गर्ने त ? सत्य कुरा त्यही हो नि । पहिला यो कुरा बुझ्नुपर्यो नि ।’

चुनावमा कम्युनिस्टको सरकार आए रुन पनि पाउनुहुन्न भनेर आफूले त्यसै नभनेको उनको भनाइ छ । ‘तर जनताले तिनलाई नै भोट हालिदिए के गर्ने ? भोट त हाम्रो हातमा छैन नि ! देशको मालिक जनता हो । जनता हामीलाई हराए के गर्ने ? जनता मालिक हो । जनताको घर दैलोमा जाऔँ । हामी काँग्रेस पार्टी हौं । हामीले धाँधली गर्न जानेको पनि छैन,’ उनले भने । कार्यक्रममा पौडेलले आफूले बोलिसकेर मञ्चमा जाँदा देउवामाथि खनिएका थिए ।

प्रतिक्रिया