आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादीले गृहमन्त्री बादललाई पनि गर्‍यो कारबाही

प्रकाशित
225
SHARES

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा राष्ट्रिय सभाको सदस्यबाट निलम्बित भएका छन्। नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ ।

नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए ।

अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ । यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो । दलका नेता शर्माका अनुसार चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।

यस्तै सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निश्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पनिबाट पदमुक्त हुने व्यवस्था छ ।

माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया