आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपानेको प्यानल विजयी, मतपरिणामसहित

प्रकाशित
61
SHARES

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । न्यौपाने प्रेस संगठनका नेता हुन् । मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

न्यौपानेले २६७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी वाल मुकुन्द आचार्यले ६६ तथा सिर्जना तिम्सिनाले ४२ मत प्राप्त गरेका छन् । मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिका कमल गिरीले जानकारी दिए । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ ।

उता नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले बर्चस्व कायम गरेको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।

अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे भने नेपाल–खनाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत ल्याए ।

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् ।

संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी ओेली निकट प्रेस चौतारीका सावित्रा दाहालले १०७ मत ल्याइन् ।

सचिवमा संयुक्त प्यानलका डिकेश लामा १२८ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल–खनाल निकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ र स्वतन्त्र उम्मेदवार प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन् ।

खुला सहसचिवमा संयुक्त प्यानलका राजु पाठक १५५ मत ल्याई निर्वाचित भएका छन् । पाठकले ओली निकट प्रेस चौतारीका विनोद सापकोटालाई ६३ मतले पराजित गरेका छन् । समावेशी सहसचिवमा संयुक्त प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याएका छन् ।

कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाईं १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन् । सदस्य पदमा संयुक्त प्यानलका मधेसी सदस्य पदका उम्मेदवार सन्तोष शर्मा र महिला सदस्य स्वस्तिका आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

दलित सदस्य पदमा १४० मतसहित संयुक्त प्यानलका रञ्जित परियार विजयी भए भने उनका प्रतिद्वन्दी किशोर उपरकोटीले ९८ मत प्राप्त गरे । खुला सदस्यहरूमा चिरञ्जीवी घिमिरे, द्रोण अधिकारी, मनिषा चम्लागाई, विनोद पाण्डे (कमल), शुष्मा राजवंशी र होमप्रकाश अधिकारी विजयी भएका छन् ।

ओली निकट प्रेस चौतारीबाट विजयी हुनेहरुमा आदिबासी÷जनजाति सदस्य राजन साम्पाङ र खुला सदस्य अच्युतराज सुबेदी, अनिल वाग्ले र सुनिरा मैनाली छन् । २६३ मतदाता रहेको झापामा २५६ मत खसेको थियो । केन्द्रीय समिति र प्रदेश समितिको भने मतगणना हुन बाँकी छ ।

यस्तो छ ललितपुरको मतपरिणाम

प्रतिक्रिया