आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा यस्ताे समस्या

प्रकाशित
235
SHARES

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मानसिक तथा मस्तिष्कसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द लेन्सेन्ट साइकियाटी« जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्कसम्बन्धी वा मानसिक समस्या देखिएको थियो ।

यो अध्ययन कोरोना संक्रमणपछि निको भएका दुई लाख २३ हजार व्यत्तिलमा गरिएको थियो । समस्या देखिएकामध्ये अधिकांशमा डर–चिन्ताको समस्या देखिएको थियो । १४ प्रतिशतले आफ्नो मनोदशा परिवर्तन भइरहने समस्या देखिएको बताएका थिए भने १३ प्रतिशतले यसअघि कहिले पनि नदेखिएको मानसिक समस्या देखिएको बताएका थिए । यस्तै ०.६ प्रतिशत मानिसमा ब्रेन ह्यामरेज, २.१ प्रतिशतमा हृदयघात, ०.७ लाई डिमेन्सियाको समस्या देखिएको थियो ।

कोरोनाको असर गम्भीर देखिएका मानिसलाई भने मष्तिष्कको समस्या हुने जोखिम बढी हुने अध्ययनको क्रममा पाइएको छ ।

त्यस्तै  ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन चार हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार एकैदिन चार हजार १९५ संक्रमितको मृत्यु भएको हो ।

ब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय फैलिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट)को कारण संक्रमण उल्लेख्य संख्यामा बढेको बताइएको छ ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले निरन्तर सामाजिक गतिविधिमा प्रतिबन्धको नियमको विरोध गर्दै आएका छन् । उनी कोरोनाबाट बच्न मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्न नसकिने अडानमा छन् ।

ब्राजिलमा कोरोना भाइरस संक्रमितको कुल संख्या एक करोड ३० लाख नाघेको छ । गत मार्च महिनामा मात्र ब्राजिलमा कोरोनाको कारण ६६ हजारभन्दा बढीको मृत्यु भएको थियो । कोरोना संक्रमण बढ्नुको असर अहिले ब्राजिलका अस्पतालहरुमा पनि देखिएको छ । ब्राजिलका अस्पतालका करिब ९० प्रतिशत आईसीयू भरिइसकेका छन् ।

यस्तै केही राज्यमा अक्सिजन तथा अन्य स्वास्थ्य सामग्रीको अभाव देखिएको छ । अवस्था बिग्रँदो भएपनि ब्राजिलका केही राज्य तथा शहरले सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्ध हटाइरहेका छन् ।एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया