आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कञ्चनपुरमा कोरोना सङ्क्रमितको पुरुष मृत्यु

प्रकाशित
146
SHARES

काठमाडाैँ । कञ्चनपुर महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते फर्केका उनमा कोरोना सङ्क्रमण देखापरेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । ‘भर्खरै कोरोना सङ्क्रमितको मृत्यु भएकोबारे खबर पाएको छु’, उनले भने, ‘अस्पताल जाँदैछु । त्यसपछि विस्तृत विवरण उपलब्ध गराउँछु ।’

मृत्यु भएका कोरोना सङ्क्रमितको आजै दिउँसो शव व्यवस्थापन गरिने बताइएको छ । कोरोनाको दोस्रो सङ्क्रमणको लहर सुरु भएपछि कञ्चनपुरमा पहिलो मृत्यु भएको छ ।

यसअघि कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण १४ जनाको मृत्यु भैसकेको छ । हालसम्म कोरोनाको दोस्रो लहर फैलिएपछि एन्टिजेन विधिबाट एक हजार ९८० जनाको परीक्षण गरिएकामध्ये ६४ जनाको नतिजा पोजेटिभ आएको छ । तीमध्ये १२ जना महाकाली अस्पतालको आइसोलेसनमा रहेका छन् ।

मङ्गलबारमात्रै भीमदत्त नगरपालिका-२ का दुईजनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै रुपन्देही । माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका-५ पुरेनी बस्ने ३५ वर्षीय दुहे चौधरी रहेको ईलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीको सोही गाउँपालिका-२ तल्लो खैरेनीस्थित पोखरीमा डुबेर मृत्यु भएको हो । प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया