आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मन्त्रिपरिषदको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय, नेपाल र प्रचण्ड तिनछक

प्रकाशित
703
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपिरिषदको आकस्मिक बैठक सकिएको छ। शुक्रबार बिहान बसेको बैठकले केही निर्णयहरु गरेको छ । बिहीबार प्रधानमन्त्री ओलीको व्यस्तताका कारण बैठक बस्न नसकेपछि बैठक आज बसेको बालुवाटार स्रोतले जनाएको छ ।

बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। बोर्डको अध्यक्षका लागि हुमागाईंसहित लेखनाथ शर्मा पंगेनी र रमेशकुमार खड्काले आवेदन दिएकोमा सरकारले हुमागाईंलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिमा पनि पदाधिकारी नियुक्ति गरेको छ। सरकारले समितिको अध्यक्षमा डा. किरण पौडेल र सदस्यहरूमा पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरेको ती मन्त्रीले जानकारी दिए।

यता नेकपा एमालेको माधव कुमार नेपाल समूहले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको निलम्बन अनर्थक रहेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले उक्त कदमको भर्त्सना गरेको हो ।

ता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको ‘कथित’ कारबाहीले पार्टीको सिद्धान्त मिचिएको बताए । “यो केपी शर्मा ओलीको अरुमाथि लाद्ने निरंकुश, स्वेच्छाचारीको द्योतक हो,” उनले भने । हिजोमात्रै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भुसाल र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो षड्यन्त्र भएको बताएका छन् । शुक्रबार मणिकलाल श्रेष्ठको श्रद्धाञ्‍जली कार्यक्रममा बोल्दै दाहालले नेपाली जनताको पहिचान र अधिकारलाई उल्ट्याएर फेरि प्रतिगमनतिरै लाने षड्यन्त्र भएकाले त्यसविरुद्ध एक भएर जानुपर्ने बताए ।

‘अहिले जुन निरंकुशतातिर जाने षड्यन्त्र भइराखेको छ, नेपाली जनताको पहिचान र अधिकारलाई उल्ट्याउने, फेरि प्रतिगमनतिर लाने षड्यन्त्र भएको छ,’ उनले भने, ‘त्यसका विरुद्ध एक भएर जाने, जरुरी पर्‍यो भने आन्दोलनमा फेरि त्यो तागत प्रदर्शन गर्ने संकल्प गर्नु नै मणिकलालप्रति सच्चा श्रद्धाञ्‍जली दिनु हो ।’ फेरि समाजलाई निरंकुशतन्त्रतिरै लैजाने कोसिस भएको र अव चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा रहेको दाहालको भनाइ छ ।

‘मूल्यमान्यता, लोकतन्त्र या आन्दोलनका उपलब्धिले स्थापित गरेका मुद्दा या सहिदहरुले बगाएको रगत सबैको अपमान गर्ने र फेरि समाजलाई निरंकुशतन्त्रतिरै लैजाने षड्यन्त्र भएको छ,’ दाहालले भने, ‘यस्तोमा समाज हामी जहाँ आइपुगेका छौं, अब चरम फाँसीवादी निरंकुशतातिर जाने खतरा छ । यस्तो बेला हामी त्यसका विरुद्ध खबरदारी गरेका छौं ।’

संसद् पुनःस्थापना भए पनि त्यस्तो प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको उनको दाबी छ । ‘गत पुस ५ गते संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद् विघटन गरियो । हामी त्यसका विरुद्ध सडकमा गयौँ । सिंगै नेपाली समाज आन्दोलन भयो । र अन्तत: संसद् पुनःस्थापित भयो । तर फेरि त्यो प्रतिगमनकारी षड्यन्त्रको अन्त्य भएको छैन,’ दाहालले भने ।

अध्यक्ष दाहालले अहिले संविधान, नियम, कानुनले काम नगरेर सेटिङले काम गर्न थालेको पनि दाबी गरे । ‘अहिले तपाईं हामीले धेरै सुन्ने गरेको शब्द सेटिङ । देशभित्रका बाहिरका विभिन्न संवैधानिक निकाएका प्रमुखबीच सेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, ऐनले काम नगर्ने, सेटिङले काम गर्ने,’ उनले भने, ‘त्यो सेटिङ सबै नेपाल राष्ट्र र नेपाली जनताका अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विडम्बनाको सामना गर्ने विचित्रको परिस्थितिमा हामी छौं ।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँगको विवाद व्यक्तिगत नभएर वैचारिक भएको दाहालको दाबी छ । ओलीले लिएको बाटो र आफूले लिएको बाटोको कतै तालमेल नुहँदा अहिलेको स्थिति सिर्जना भएको उनले बताए ।

‘तपाईंहरुले हेर्दा कम्युनिस्ट पार्टी फुट्यो । केपी र प्रचण्ड झगडा गरे भन्ने मात्रै देखिन्छ होला । तर य भित्र अन्तरनिहित वैचारिक विवाद हेर्नुभयो भने एउटाले सामन्त र निरंकुशतन्त्रको फाँसीवादको बाटो लिएको छ । एउटाले जनताको अधिकार र पहिचानको बाटो लिएको छ,’ दाहालले भने, ‘बाटोमा कहीँकतै भेटै भएन । यस्तो परिस्थितिमा फेरि सामावेशिता र समानुपातिकताको लागि, संविधान संशोधन र परिमार्जनका लागि, सबै उत्पीडित वर्ग समुदायको प्राप्त अधिकारको रक्षा र थप अधिकारका लागि एकजुट हुने संकल्प गर्‍यो भने मणिकलालप्रति श्रद्धाञ्‍जली गरेको सार्थकता हुनेछ ।’

अहिले प्रतिगमनतिरको यात्रा सरकारबाटै सुरु गरिएको भन्दै दाहालले त्यसलाई रोक्न संकल्प गर्नुपर्ने बताए । वामपन्थी चिन्तक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा चैत ३ गते निधन भएको थियो । लामो समयदेखि मिर्गौला र मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा निधन भएको हो ।

कम्युनिस्ट विचारधाराका श्रेष्ठले मार्क्सवादबारे गहन अध्ययन गरेका थिए । तीक्ष्ण स्मरणशक्ति भएको श्रेष्ठ इतिहासका तिथिमिति यकिनसाथ भन्न सक्थे । स्वर्गीय श्रेष्ठ २०१४ सालमा काठमाडौं नगरपालिका–९ (हाल–१७) ठहिटीमा वडाध्यक्षमा निर्वाचित भएका थिए । उनले स्थानीय तहमा मातृभाषा लागू गराएका थिए ।

उनी त्रिविअन्तर्गत त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत छँदा वामपन्थी आन्दोलन लागेका कारण गिरफ्तारमा परेर थुनिएसँगै उनलाई बर्खास्त गरिएका थिए । पछि त्रिवि नेपालभाषा केन्द्रीय विभागमा पाश्चात्य समालोचना विषयमा प्राध्यापन गरेका थिए ।

प्रतिक्रिया