आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाली कांग्रेसमा गयो पहिरो, सबैले पार्टी परित्याग गरेपछि गाउँ नै एमालेमय

प्रकाशित
602
SHARES

काठमाडाैँ । नेकपा दुई चिरा भएपछि एमाले र माओवादीमा पार्टी बदल्ने क्रम चलिरहेका बेला नेपाली कांग्रेसमा भने रोचक दृश्य देखिएको छ । एमालेमा आकर्षित भएर झापाको मेचीनगर नगरपालिकामा एउटा गाउँले नेपाली कांग्रेस परित्याग गरेको छ ।

मेचिनगर–३ स्थित समायोजन टोलका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले बताए ।

नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका युवा नेता कुमार भट्टराईको नेतृत्वमा शनिबार एक कार्यक्रमका बिच उनीहरु कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

भट्टराईको नेतृत्वमा गाउँकै पुराना कांग्रेसका कार्यकर्ता पुण्य गौतम, टेकेन्द्र कोईराला, कुमार कार्की, दुर्गा थपलिया, इन्द्र बुडाथोकीलगाएतका ४० बढीले आफ्नो पार्टी परित्याग गर्दै एमालेको औपचारिक कार्यक्रम मार्फत पार्टी प्रवेश गरेका हुन् ।

कांग्रेसले जनभावना अनुरूप काम नगरेको तथा गाउँलाई सधैं विभेद गरेका कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशीले भट्टराईले बताए । भट्टराईका अनुसार अब गाउँ नै एमालेमय बनेको छ ।

नवप्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेचीनगर उपप्रमुख मीना उप्रेती, एमाले प्रदेश सदस्य तथा प्रदेश सभा सदस्यद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली, एमाले प्रदेश सदस्य निलकण्ठ तिवारी, एमाले जिल्ला सदस्य डिल्लीरा घिमिरे, देवकुमार राई, युवासंघ नेपाल केन्द्रीय सदस्य दिपक बराल, एमाले मेचीनगर ४ का अध्यक्ष प्रविण भण्डारीलगायतले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया