आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीले यी ३ शक्तिशाली अधिकार आफ्नो हातमा लिएपछि झाक्री टेन्सनमा

प्रकाशित
608
SHARES

काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कमिटीद्वारा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तीन शक्तिशाली अधिकार प्रदान गरेको छ । आज वालुवाटारमा आयोजित केन्द्रीयको बैठकले पार्टीका अध्यक्ष ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो ।

त्यस्तै अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा राखिएको एजेण्डाबारे बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार पनि ओलीलाई दिएको छ । ‘संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई दिइएको छ । ती नेताका अनुसार केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । यसका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि ओलीलाई दिइएको छ ।

रामकुमारी झाक्री टेन्सनमा

यस्तै नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीलाई स्पस्टीकरण सोधिने केन्द्रीय कमिटीको निर्णय फिर्ता भएको छ । स्पष्टिकरण सोधिने नेताहरूको सूचीमा उनको नाम भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पछि रोकेको एक नेताले जानकारी दिए ।

‘झाँक्री लहलहैमा लागेर हिँडेको र उहाँलाई स्पष्टीकरण सोध्न वज पुग्दैन’ भन्दै नाम हटाउन ओली तयार भएका थिए । बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र भीम रावललाई स्पस्टीकरण सोध्ने निर्णय गरेको छ ।

चार नेताहरूलाई पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको कारण देखाउँदै स्पस्टीकरण सोध्ने निर्णय गरिएको थियो । साथै समानान्तररुपले जनसंगठन बनाउने सबै नेतालाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय वैठकले गरेको हो । ओलीले समानुपातिक सांसदलाई हटाउन सक्ने अधिकार आफ्नो हातमा लिएपछि नेतृ झाक्रीलाई उनले जुनसुकै बेला हटाउन सक्छन् ।

प्रतिक्रिया