आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपाल समूहलाई ओलीले हल्लाउनै नसक्ने, विधान हेरेपछि नेपाल पक्ष खुसी

प्रकाशित
477
SHARES

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहलाई पटक पटक कारवाही चेतावनी दिइरहेका छन् । दुबै समूहबीच धुव्रीकरण बढ्दो छ । तर अध्यक्ष ओलीले भनेजस्तो कारवाही गर्न सजिलो छैन । पहिलो त कारवाही गर्न विधान चाहिन्छ । संसदीय दलको विधान नै छैन । त्यसैगरी विधान भए पनि राजनीतिक दल सम्बन्धी ऐनसँग बाझिनेगरी कारवाही गर्न पाइँदैन । दल सम्बन्धी ऐनमा चार वटा आधारमा मात्रै कारवाही गर्न पाउने भन्ने छ । भेला गरेको, बैठकमा सहभागी नभएको, चियापान नगएकै आधारमा भने कारवाही गर्ने आधार अध्यक्ष ओलीसँग छैन ।
पार्टीको विधान

नेकपा एमालेको ९नवौँ राष्ट्रिय महाधिवेशन, २०७१ को संशोधन सहित० को विधानको धारा ४९ मा कारबाही सम्बन्धी प्रावधान राखिएको छ । जसमा स्पष्टीकरण, आत्मालोचनादेखि निलम्बन र निष्कासनसम्म व्यवस्था राखिएको छ । के के कामले अनुशासन उल्लंघन हुने, कारबाही के हुने भन्ने उल्लेख छ ।

ओलीले पटक(पटक भने अनुसार माधव नेपाल समूहलाई कारबाही गर्ने हो एमाले पार्टीको विधानमात्रै छ । पार्टीको विधान अनुसार सामान्य अनुशासनको कारबाही गर्ने अधिकार पार्टीको बहुमत पक्षलाई रहन्छ । यो कारबाहीले सांसद पद भने कायम रहन्छ । जसले अंकगणितमा ओलीलाई नै कमजोर बनाउँछन् ।

विधान अनुसार पार्टीको अनुशासन आयोगले कारबाही प्रक्रिया केन्द्रीय कमिटीमा पठाउँछ । केन्द्रीय कमिटीले पारित गरेपछि निष्कासन हुन्छ ।सांसद पदबाट हटाउन भने संसदीय दलको विधान नै छैन । विधान संशोधनका लागि बल्ल प्रक्रिया अगाडि बढाइएको छ । विधान बनिसकेपछि त्यस अनुसार काम कारबाही नगरेको, उल्लंघन गरेको भनेर केन्द्रीय कमिटीले कारबाहीको निर्णय गर्नुपर्छ । निर्णय निर्वाचन आयोगमा पुग्छ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार मिलेको छ कि छैन हेर्छ । मिलेको छ भने सदर गर्छ ।

कारबाहीका ४ आधार

राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा सांसदलाई पार्टीले कारबाही गर्ने चार वटा आधार छन् । ऐनको दफा २८ मा संघीय संसद् वा प्रदेश सभामा हुने मतदानमा संसदीय दलले गरेको ह्वीप पालना नगरेमा दलका नेताले कारबाही प्रक्रिया अगाडि बढाउन सक्छन् । ऐन अनुसार सरकारको विश्वास वा अविश्वासको प्रस्ताव, सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने विषय, वार्षिक बजेट पारित गर्ने विषय र राष्ट्रिय वा सार्वजनिक महत्वको अन्य कुनै विषयमा संसदीय दलले जारी गरेको निर्देशन ९ह्वीप० उल्लंघन गरेमा मात्रै दलका नेताको हैसियले माधव नेपाल समूहका सांसदलाई ओलीले कारबाही गर्न सक्छन् ।

तर अहिले त्यस्तो अवस्था छैन । पार्टीको बैठकमा उपस्थित नभएको, चियापानमा नआएको विषयमा दल सम्बन्धी ऐन आकर्षित हुँदैन ।

प्रतिक्रिया