आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२८ गतेको निर्णय फिर्ता लिनेबारे बोले प्रधानमन्त्री ओली

प्रकाशित
667
SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीले २८ गते गरेको निर्णय फिर्ता लिनुपर्ने सोही पार्टीको अर्को समूह माधव समूहको प्रस्तावबारे बोलेका छन् । उनले पार्टीको निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन् ।

नेता माधवकुमार नेपालसहित धुम्बाराहीमा भएको छलफलमा ओलीले यस्तो अडान राखेका थिए । बैठकमा नेपाल पक्षले २८ गते बसेको भनिएको केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिएको घोषणा हुनुपर्ने सर्त अघि सारेको थियो ।

तर प्रधानमन्त्री ओलीले नेपाल समूहले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न भनेका थिए । “आफूले गरेको काम गरिहाल्ने, विधानअनुरुप भए हुने अरुले मानिदिनुपर्ने भन्ने कुरा हामीलाई स्वीकार्य हुँदैन,छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेता भीम रावलले भने, २८ गतेको निर्णय रद्ध गर्नुपर्छ । २८ गतेको भनिएको निर्णय स्थगित भयो भने हामी राष्ट्रिय भेला स्थगित गर्न तयार छौँ भन्ने धारणा राख्यौँ तर उहाँ तयार हुनुभएन ।”

प्रतिक्रिया