आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विश्वको एउटा यस्तो देश जहाँ मोटी केटीसँग मात्र बिहे गरिन्छ

प्रकाशित
461
SHARES

तपाई अधिकाशं महिलालाई आफ्नो वजन अर्थात मोटोपन घटाउन चिन्तित रहेको पाउनु भएको होला । अधिकाशं मानिस पातलो र जिरो साइजको शरीर मन पराउँछन् । तर विश्वमा एउटा यस्तो देश छ जहाँ मोटो शरीर भएका महिला मन पराइन्छ । यस देशमा महिलाहरु सकेसम्म मोटो हुन मेहनत गर्दछन् ।

मौरिसस नामक देशमा मोटो शरीर भएको महिलासँग विवाह गर्न धेरैले रुचाउने गर्दछन् । यस देशमा मोटो शरीर भएका महिला भाग्यशाली मानिन्छन् । त्यसैले मौरिससका महिला आफूलाई सकेसम्म मोटो बनाउन प्रयाशरत रहने गर्दछन् ।

मौरिससमा विवाहको समयमा महिलाको शरीर मोटो देखिएमा ससुराल (घर पक्षका मानिस) खुसी हुन्छन् । उनीहरु बेहुली मोटी होस् भन्ने चाहन्छन् ।

त्यसैले यहाँ पातली भन्दा मोटी महिलालाई धेरैले मन पराउँछन् । उनीहरुको रीतिरिवाज र परम्परा अनुसार मोटी महिला समृद्धि र खुसी लिएर आउने मान्यता छ । त्यसैले यस देशका प्राय महिला डाइटिगं नगरी निर्धक्क खानपान गर्दछन् ।

प्रतिक्रिया