आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सन्दीप भण्डारी ह’त्या प्रकरण- ओलीका विश्वास पात्र बाँस्कोटा पक्राउ, प्रहरीले दियो यस्तो जानकारी

प्रकाशित
498
SHARES

काठमाडाैं । नेकपा अलग हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटा पक्राउ परेका छन् ।

ओलीका विश्वास पात्र मानिएका बाँस्काेटालाई मोरङको पथरीशनिश्चरे-१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको ह’त्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो। भण्डारीको ‘शंकास्पद मृत्यु’ भएको घटनामा एमालेका नेता बाँस्कोटा पक्राउ परेका हुन्। घटनामा संलग्न बाँस्कोटालाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

गएको पुस १४ गते भण्डारी पथरीशनिश्चरे २ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए। त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मु’द्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए।

‘किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ।’ किटानी जाहेरी परेपछि मोरङ अदालतदेखि मंगलबार पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ। अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको हो।

पक्राउ परेका नेता बास्तोलालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ। मृत अवस्थमा फेला परेका भण्डारीको शरीरमा निलडाम र कानमा पनि चोट देखिएको मृतककी आमा राधिका भण्डारीको भनाई छ ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपा विभाजन भएपछि बाँस्कोटालाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो। यसैबीच हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कलैया उपमहानगरपालिका-२३ का ३८ वर्षीय जयराम राउत कुर्मीलाई पक्राउ गरेको हो ।

मंगलबार वीरगञ्ज-६ स्थित माँ अम्बे ट्रेडर्सबाट अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको सूचना प्रहरीमा आएको थियो । प्रहरीले सोही ट्रेडर्समा काम गर्ने कुर्मीलाई स्रोत खुल्न नसकेको नेपाली ७ सात लाख ७५ हजार ४ सय ७० रुपैयाँ, भारतीय रुपैयाँ ७ हजार ४ सय तथा उनको साथबाट बब्लु राजको नाममा जारी भएको नगद २ लाख र रामप्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजारको चेकसमेत बरामद गरेको छ ।

पक्राउ परेका कुर्मीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कर्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । ट्रेडर्सका सञ्चालक हाल फरार रहेकाले खोजी भइरहेको उनले बताए ।

यस्तै मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र वडानम्बर १६ दक्षिण बस्ने प्रेमबहादुर मगर रहेका छन् ।

दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर नगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रणमा लिएको हो । सिन्धुपाल्चोकका दुईजना महिलालाई होटेलमा काम लगाइदिने प्रलोभनमा पारी भारतमा बेच्न लैजान लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भै’रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया