आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री पद पाए छोडिदैन- देउवा

प्रकाशित
341
SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारीबाट नभाग्ने बताएका छन्। । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् ।उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षी दलको भूमिकाबाट डगमगाउन नहुने बताएका छन् । चितवनमा बुधबार आयोजित कार्यक्रममा उनले यतिबेला नेपाली जनताले कांग्रेसबाट धेरै आशा गरेका भन्दै कांग्रेस प्रतिपक्षी भूमिकाबाट दाँयाबाँया गर्न नहुने बताएका हुन् ।

‘कांग्रेसले हैसियत अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, यतिबेला विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ । यद्यपि हामी सनो संख्यामा छौं, तैपनि हाम्रो भूमिका ठूलो छ, हाम्रो जिम्मेवारी ठूलो छ’ उनले भने, ‘सजग भएर, इमान्दार भएर विपक्षी दलको सही भूमिका निर्वाह गर्न सक्यौं भने अर्को चोटी लोकतन्त्रको रक्षा गर्न सहयोग गर्न सक्छौं ।’ पौडेलले विपक्षी दलको भूमिका यति बेला के हुने भन्ने चाहिँ खुलाएनन्, यद्यपि कांग्रेस जिम्मेवारीबाट पन्छिन भने नमिल्ने बताए ।

यस्तै कांग्रेसले आफ्ना सांसद्हरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले उपत्यका नछाड्न निर्देशन दिएको हो ।

शुक्रबार दलको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई सर्कुलर गरिएको कांग्रेसकी सचेतक पुष्पा भुसालले जानकारी दिइन । संसद् पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको शुक्रबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने भुसाल बताइन ।

केही दिन अघि नेकपाको दाहाल–नेपाल समूहले पनि आफू निकटका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन दिइसकेको छ । प्रतिनिधि सभामा नेपाली कांग्रेसका ६१ सांसद छन् ।

प्रतिक्रिया