आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सांसदहरूले आज कोरोनाविरुद्धको खोप लगाउदैँ

प्रकाशित
342
SHARES

काठमाडौँ । संघीय संसदका सांसदहरूले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा बिहान १० बजेदेखि सुरू भएको कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कोरोनाविरुद्धको पहिलो खोप लगाएका हुन् ।

अहिले राष्ट्रिय सभा तथा प्रतिनिधिसभाका सांसदहरूले उक्त खोप केन्द्रमा खोप लगाउने क्रम जारी छ । त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले खोप केन्द्रमा पुगेर त्यहाँको व्यवस्थापनलगायत विषयको जानकारी लिँदै विशिष्ट व्यक्तिलाई स्वागत गरेका थिए ।

प्रतिनिधिसभाको आगामी आइतबारदेखि शुरु हुने सातौँ अधिवेशनमा सहभागी हुने मन्त्रिपरिषद्का सदस्य, सांसद, सङ्घीय संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई खोपको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया