आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पेरिसडाँडामा प्रचण्ड-माधव नेकपाको स्थायी कमिटी बैठक जारी

प्रकाशित
350
SHARES

काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाको स्थायी कमिटी बैठक पार्टी कार्यालयमा जारी छ । केही बेरमा शूरू हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो । संसद पुन:स्थापनापछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकले पछिल्लो राजनीतिक घनाक्रमबारे निर्णय लिने बताइएको छ ।

संसद पुनर्स्थापना पछि पहिलो पटक स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाइएको हो। केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिक सहित यो समूहले बोलाएको छ। एमाले र माओवादी एकता भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर सहित दिइएको पार्टी परिचयपत्र सहित केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो।

यो समूहले पार्टी वैधानिकताको दावी गर्दै गएको २० माघमा निर्वाचन आयोगमा पत्र बुझाएको छ। तर, आयोगले कुनै निर्णय दिएको छैन। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरिएको थियो। तर, प्रधानमन्त्री ओली सरकार छाड्ने मूडमा नदेखिएपछि प्रचण्ड-माधव पक्ष दबाबमा छ।

प्रतिक्रिया