आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज नेपाली बजारमा बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित
406
SHARES

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला एक हजार सात सयले घटेको सुनको मूल्य आज भने ५०० रूपैयाँले बढेको हो ।

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुनको मूल्य आज ८७ हजार ५०० निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० मा कारोवार भएकोमा आज ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।चाँदी पनि आज तोलामा २५ रूपैयाँले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९० मा मङ्गलबार कारोवार भएकोमा आज एक हजार ३१५ रूपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया