आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काँग्रेसले बोलायो संसदीय दलको बैठक

प्रकाशित
330
SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो।

काँग्रेस सांसद ज्ञानेन्द्र कार्कीका अनुसार बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् । प्रतिनिधिसभा विघटन र पुनःस्थापना घनचक्कर बीच बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ ।

पुनःस्थापित प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने भएकाले काँग्रेस संसदीय दलको बैठकलाई पनि महत्वका साथ हेरिएको छ । तर नेकपा विभाजनको लफडा नटुंगी काँग्रेसले कुनै निर्णय नलिने भुसालको भनाइ छ ।

सांसद कार्कीले पनि सत्तासीन नेकपा केपी ओली र प्रचण्ड-माधव नेपाल समूहले कित्ता क्लियर नगरि काँग्रेसले कुनै निर्णय नलिने बताए । सत्ता सहकार्यका लागि नेकपा ओली प्रचण्ड-नेपाल दुबै समूहले काँग्रेससँग संवाद जारी राखेको छ । काँग्रेसले भने उनीहरुबीचको औपचारिक विभाजनपछि मात्र कित्ता क्लियर गर्ने अडान लिएको छ ।

यस्तै यता नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु भएको छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो ।

स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा बस्दैछ । केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँदैछ । संसद् पुस्र्थापना पछि पहिलो पटक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो । केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिक सहित यो समूहले बोलाएको छ ।

एमाले र माओवादी एकता भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर सहित दिइएको पार्टी परिचयपत्र सहित केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो । यो समूहले पार्टी वैधानिकताको दावी गर्दै गएको २० माघमा निर्वाचन आयोगमा पत्र बुझाएको छ । तर, आयोगले कुनै निर्णय दिएको छैन ।

 

प्रतिक्रिया