आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फुङ्लिङमा आगलागी : १७ वर्षमा ३३८ परिवार विस्थापित

प्रकाशित
257
SHARES

काठमाडाैँ ।  ताप्लेजुङको फुङ्लिङ बजारमा विभिन्न समयमा ठूला–ठूला आगलागी घटनाबाट वर्षैपिच्छे जनधनको क्षति हुने क्रम रोकिएको छैन ।

त्यस्तै पछिल्लो सत्र वर्षमा आगलागीबाट ३९३ परिवार विस्थापित भएका छन् भने १५२ घर जलेर नष्ट भएको तथ्याङ्क छ । विसं २०६० चैत १५ गते वीरेन्द्रचोक क्षेत्रमा भएको आगलागीमा ४५ घर जलेर नष्ट हुँदा १२९ परिवार विस्थापित भएका थिए ।

विसं २०६९ माघ २६ गते शेर्पाटोलमा आगलागीबाट आठ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएको तथ्याङ्क छ । विसं २०७० कात्तिक १८ टुक्रेबजार क्षेत्रमा आगलागीबाट पाँच घर नष्ट हुँदा १७ परिवार विस्थापित भएका थिए ।

त्यसैगरी विसं २०७१ चैत ९ गते फुङलिङ–४ तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए । उक्त घटनामा १४५ परिवार विस्थापित भएका थिए ।

विसं २०७७ वैशाख १९ गते पुरानो बैंक लाइन, ट्याक्सी काउन्टर क्षेत्रमा आगलागीबाट सात घर नष्ट हुँदा २९ परिवार विस्थापित भएका थिए  ।

त्यसैगरी मङ्गलबार ताप्लेजुङको दोस्रो ठूलो बजार दोभानमा आगलागीबाट ४९ घर नष्ट भएका छन् भने ५५ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया