आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर भागे

प्रकाशित
424
SHARES

काठमाडाैँ । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन् । अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो ।

अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ । अख्तियारको टोलीले आठ लाख रुपैयाँ र गाउँपालिकाका अध्यक्षका चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ ।

त्यस्तै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६० ग्राम अवैध सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त परिमाणको सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार राना सोमबार राति पक्राउ परेका हुन् ।

हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको सुनका गहना विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उर्लाबारीका प्रवीण बाँस्तोला हत्या प्रकरणमा थप एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी –७ रमाइलोबाट सोमबार राति नियन्त्रणमा लिएको हो ।

यस्तै  यसअघि प्रहरीले प्रवीण बस्दै आएको घरका धनी रमेश गिरीलाई पनि सोमबार पक्राउ गरेको थियो । पुस ४ मा मदिराको नशामा साथीहरूसँगै सुतेका प्रवीण अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो ।

उपचारका लागि गोदावरी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । हत्या आरोपमा पक्राउ परेका दुई जनामध्ये एक जना पुर्पक्षका लागि थुनामा छन् । बिहीबार थुनछेक बहसपछि रतुवामाई–१० घर भएका मेहरमान दर्जीलाई भने जिल्ला अदालत मोरङले थुनामा पठाउने आदेश दिएको हो ।

 

प्रतिक्रिया