आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विप्लवसहितका ४ दलको जनसभा आज इटहरीमा, क कसले गर्दैछन सम्बोधन ?

प्रकाशित
518
SHARES

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले निर्माण गरेको रणनीतिक संयुक्त मोर्चाले आज सुनसरीको इटहरीमा बृहत जनसभा आयोजना गरेको छ । आजको सभामा मोर्चामा आबद्ध पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ ।

मोर्चाले यसअघि फागुन ६ गते बुटवल र १४ गते धनगढीमा सभा सम्पन्न गरिसकेको छ । बुटवल र धनगढीको सभामा बिशाल जनमानसको सहभागिता भएको मोर्चाले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ । आज इटहरीमा हुन लागेको जनसभामा पनि हजारौं जनताको सहभागिता रहने आयोजनाकले बताएको छ । उक्त जनसभाको नेपालको एक मात्र जनपक्षीय अनलाइन मिडिया सञ्चारकेन्द्र डटकमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, पूर्ण सिंह, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् । पछि दुइ जना थपिने नेताहरुले बताएका छन् । मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत मोर्चाको समिति गठन गरिने छ ।

नेपालमा जनवादी राज्यसत्ता स्थापना हुँदै बैज्ञानिक समाजवाद स्थापना लिने लक्ष राखेको मोर्चाले पार्टी एकता गरेर अगाडी बढ्ने अधिकतम लक्ष राखेको छ । मोर्चाले हाल केपी ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको राजनीतिक प्रतिबन्ध फुकुवा गरि खुला राजनीतिक गर्ने बाताबरण बनाउन माग गर्दै आइरहेको छ ।

प्रतिक्रिया