आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ट्याक्टरको ट्रलीले लागेर एक जनाको मृत्यु

प्रकाशित
335
SHARES

काठकमडाैँ ।  मोरङ- मोरङको उर्लाबारी- १ टपुखोलामा लोड गर्ने क्रममा ट्याक्टरको ट्रलीले लागेर एक जनाको मृत्यु भएको छ । मोरङ रतुवामाई घर भएका ५१ बर्षीय गौरीमान खड्काको ट्याक्टरको ट्रलीले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे प्रदेश १–०४–०१त१२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा खड्कालाई ट्रली पल्टेर किच्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

त्यस्तै नवलपुर पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीमा दुई ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ । ना ७ ख ७०२३ र ना ६ ख ३०११ नं को ट्रक मध्यरात दुर्घटना हुँदा दुबै ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुबै ट्रकका सहचालक घाइते भएका छन् ।

घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई-६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया