आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डोजरले फालेको माटाले पुरिएर एक महिलाकाे मत्यु

प्रकाशित
556
SHARES

काठमाडाैँ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर आज अपराह्न एक महिलाको मत्यु भएको छ ।

सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पुरिएर त्रिपुरासुन्दरी – १ की ४५ वर्षीया सरस्वती कुमालको मृत्यु भएको हो । सडक निर्माणका क्रममा माटो फालिरहेका बेला बाटो पार गर्नेक्रममा कुमाल पुरिनुभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । शव परीक्षणका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

त्यस्तै सुनसरीको इटहरीमा नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । नहरको डिलमा लुगा धुने क्रममा डुबेर इटहरी उपमहानगरपालिका-१८ का ४५ वर्षीय प्रेम चौधरीको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी बाराको निजगढ नगरपालिका-८ ठाडोलाइनमा एक चार वर्षीय बालकको धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको छ । स्थानीय सरोजकुमार लामाका चार वर्षीय छोरा अदबिक लामाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा आफ्नै घरको छेउमा रहेको उक्त खाल्डोमा डुबेर घाइते भएका बालकलाई उपचारका लागि नेशनल मेडिकल अस्पताल निजगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया