आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्ड-नेपाल समूहको सचिवालय बैठकले के गर्यो निर्णय ?

प्रकाशित
373
SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए ।

साथै, बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र ‍औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ । फागुन १९ गते पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । प्रचण्डकी स्वकीय सचिव गंगा दाहालका अनुसार फागुन १९ गते दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

केन्द्रीय कमिटी बैठकमा उपस्थित हुँदा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।प्रचण्ड–नेपाल पक्षका एक नेताले पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्र सहित अनिवार्य उपस्थितिको लागि सर्कुलर आएको बताए ।

यस्तै यता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आगामी २३ गतेका लागि आह्वान गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले २३ गते आइतबार ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकी हुन् ।

यसअघि आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले २३ गते अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रधानमन्त्री कार्यालयबाट प्राप्त संसद अधिवेशनको पत्रअनुसार राष्ट्रपतिले संसद अधिवेशन बोलाएको जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन्। त्यसपछि फागुन ११ गते सर्वोच्च अदालतले सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।

प्रतिक्रिया