आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहजिल्ला झापा जाँदै प्रधानमन्त्री ओली, यस्तो छ तयारी

प्रकाशित
471
SHARES

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदै छन् । झापा क्षेत्र नम्बर ५ मा हुने ‘चाइना नेपाल फ्रेण्डशिप इण्डष्ट्रियल पार्क’ शिलान्याससहित विभिन्न कार्यक्रमका लागि ओली झापा आउन लागेका हुन् । ओलीको सचिवालयले झापामा इण्डष्ट्रियल पार्क शिलान्यासलाई धेरै महत्व दिएको छ ।

ओलीको स्वागतका लागि दमकको मुख्य चोकमा नेपाल र चीनका झण्डाले सजाईएको छ भने ठाउँ ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ । ओलीको कार्यक्रम हुने स्थानमा सुरक्षा सतर्कता बढाईएको छ । क्षेत्र नं. ५ का दमक, कमल र गौरादह क्षेत्रका बासिन्दा पार्क शिलान्यास कार्यक्रम सफल बनाउन जुटेका छन् ।

पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार औद्योगिक पार्कमा पहिलो चरणमा ६५ अर्व लगानी हुने छ । नेपाल र चिनियाँ नागरिक स्तरबाट वन्ने यो औद्योगिक पार्कमा पहिलो चरणमा कपडा, विद्युतीय सामग्री, ईलेक्ट्रोनिक्स समानलगायतका उद्योग आउने बताईएको छ ।

ओली बिहान १० बजे भद्रपुर विमानस्थल हुँदै दमक आउने र साँझ फर्कने तय भएको सचिवालयले जनाएको छ । ओलीका सचिवालय सदस्य तथा झापाका पार्टी नेता होमबहादुर थापाका अनुसार ओली झापा आएपछि पहिलो कार्यक्रमका लागि आफ्नै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकाको क्याम्पा ११ बजे पुग्नेछन् ।

त्यहाँ कमल खोलामा निर्माण भएको पुल उद्घाटन गर्ने कार्यक्रम छ । यसपछि दमकबाट ईलामको चुलाचुली जोड्ने रतुवा खोलामा पुल शिलान्यास र अर्को पुल उद्घाटनको कार्यक्रम तय गरिएको छ ।

सचिवालयका अनुसार मदन भण्डारी चुरे राजमार्गमा पर्ने सो स्थापनको पूलसँगै पूर्वी खण्डका ३१ ओटा पुलको त्यहीबाट एकमुष्ट शिलान्यासको घोषणा हुने छ । यस्तै कमल–७ र गौरादह–५ को संगम स्थलमा पार्कको शिलान्यासपछि सोही ठाउँमा आयोजना हुने सभामा ओलीले संवोधन गर्ने जनाईएको छ ।

प्रतिक्रिया