आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने

प्रकाशित
467
SHARES
A view of a traffic jam on a road, in Kathmandu, on Monday, November 21, 2016. Photo: THT

काठमाडौँ । नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले सवारी साधन चलाएर देखाउने गरी नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् । यसका लागि कार्यक्रम सञ्चालन गर्ने गरी निगम र विश्वविद्यालयबीच सम्झौतासमेत भएको छ।

केयूका उपकुलपति प्राध्यापक डा. भोला थापाका अनुसार हाइड्रोजन उत्पादन तथा व्यावसायीकरणका लागि यो कार्यक्रमले नयाँ आयाम थप्नेछध्र कार्यक्रम नीतिगत, पूर्वाधार र प्रदर्शनात्मक कार्यक्रम गरी तीन क्षेत्रमा केन्द्रित गर्न खोजिएको छध्र विश्वविद्यालयले हाइड्रोजन उत्पादन तथा व्यापारका लागि सरकार तथा निगमले गर्नुपर्ने नितीगत परिमार्जन तथा स्वीकार्यताका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

हाइड्रोजन उत्पादनमा प्रयुक्त प्रविधिलाई नेपाल भित्र्याउने र त्यो प्रविधिलाई नेपालको अवस्थाअनुसार स्वीकार्यता सिर्जना गर्न रूपान्तरण गर्नेसम्मको योजना यसमा बनाइएको छ । नेपालमा हालसम्म हाइड्रोजनको व्यावसायिक उपयोगिता सुरु भइसकेको छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया