आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दक्षिणकालीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

प्रकाशित
262
SHARES

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका ६ मा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेँदी ८ का ३५ वर्षीय सन्तलाल लुम्बा रहेका छन् ।

हिजो बेलुकी सवा ७ बजे पैदल हिँडिरहेका लुम्बालाई नाम्चेखानीबाट फर्पिङ आउँदै गरेको बा २ क ४५५३ नम्बरको टिपरले ठक्कर दिएको थियो । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा लुम्बाको गएराति पौने ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपरसहित चालकलाई इलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ । यसैगरी बर्दियाको बाँसगढी नगरपालिका ३ लखना बेलुवामा ट्याक्टरको ट्रलीबाट खसेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

हिजो साँझ साढे ५ बजे भे १ त ७५०७ नम्बरको ट्याक्टरको ट्रली खसेर स्थानीय ४५ वर्षीय लाल बहादुर थारुको मृत्यु भएको हो । ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय मोतीपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया