आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सेफ’का उपविजेता सन्तोष साहलाई विमानस्थलमा पञ्चे बाजासहि स्वागत

प्रकाशित
722
SHARES

काठमाडौँ । बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता बनेका सन्तोष साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

उक्त प्रतियोगितामा फस्ट रनर अप भएका सेफ साह बेलायतबाट बिहीबार काठमाडौँ आइपुगेका हुन् । विमानस्थल परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालीका लागि विश्वको जुनसुकै ठाउँमा पनि मेहनत गर्न गाह्रो नहुने बताए । बीबीसी मास्टर सेफको उपविजेता हुनुमा उनले आफ्नो मेहनतकै फल भएको बताए । ‘मैले पाएको सफलताको पछि मेहनत नै हो’ उनले भने ।

त्यस्तै  सेफलाई विगतमा समाजले सम्मान दिन नसकेको परिप्रक्ष्यमा अब भने यो नामले परिचित हुँदा गर्व लाग्ने परिस्थिति बनेको उनको भनाइ थियो । कुकलाई छोरी चेली दिन हिच्किचाउँने समाजले सेफको इज्जत कति ठूलो रहेछ भनेर बुझ्ने अवस्था बनेको उल्लेख गर्दै ३५ वर्षीय अविवाहित साहले अब त आफूलाई छोरो चेली दिन्छन् होला भन्दै ठट्टा पनि गरे ।

उनले प्रतियोगिताभर नेपाली खानाको परिकार प्रस्तुत गरेर निर्णायकहरुलाई आकर्षित गर्न सफल भएका थिए । उनले बनाएको कोदोको खीर, नेपाली गुन्द्रुक, भट्टमासलगायतका खानेकुरा आकर्षण बनेका थिए ।

त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाले उनलाई पञ्चे बाजासहित स्वागत गरेका हुन् । दश वर्षदेखि बेलायतमा बस्दै आएका साह सिरहा जिल्लाको कारजन्हामा जन्मिएका हुन् ।

प्रतिक्रिया