आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दुर्घटना परि घाइते चारजना उद्धार गरी प्रदेश प्रमुख झाले अस्पताल पुर्याए

प्रकाशित
152
SHARES

काठमाडाैँ ।  जनकपुर  प्रदेश नं.२ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्‍याएका छन् ।

प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए ।

ती चारै जनालाई प्रदेश प्रमुखले गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाएका छन् । डा.अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित चारै जना घाइतेलाई अस्पतालतर्फ पठाएका थिए । प्रदेश प्रमुख डा.अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने बताए प्रतिक्रिया दिएका छन् ।

त्यस्तै  मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोलमा आज बिहानै सवारी साधन दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार घाइते सबैको हाल हेटौंडा अस्पताल र सञ्चो अस्पतालमा उपचार भइरहेको र तिनको सामान्यावस्था छ । प्रहरीले दुवै सुमोलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया