आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरी बढ्यो सुनको मुल्य,कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित
238
SHARES

काठमाडौं । सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबारका लागि छापावल सुनको भाउ ९० हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ कायम भएको छ ।

आइतबार ८ सय रुपैयाँले बढेर कारोबार सुरु भएको सुनको भाउ ८९ हजारमा यो साता सुरु भएको सुनको कारोबार सोमबार स्थिर रह्यो । यस्तै चाँदीको प्रतितोला मूल्य मंगलबार बृद्धि भएको छ । सोमबारको तुलनामा तोलामा २५ रुपैयाँले बढेर चाँदीको कारोबार भईरहेको महासंघले जनाएको छ ।

तेजाबी सुनसमेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । चाँदीको मूल्यमा समेत आज २५ ले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० मूल्य कायम भएको छ ।

प्रतिक्रिया