आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

केन्द्रीय सदस्यको नागरिकतासहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाने तयारीमा

प्रकाशित
495
SHARES

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल समूह) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो ।

त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ । गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै दुई नेकपा दुई खेमामा बिभाजित भएको छ ।

एउटा खेमाको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव कुमार नेपालले गरेका छन् । दुवै पक्षले आधिकारिक नेकपा आफू नै रहेको दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन सकेको छैन ।

प्रतिक्रिया