आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पिसाब रोकिने समस्याबाट यसरी पाउनुस् मुक्ति

प्रकाशित
468
SHARES

काठमाडौँ । मुत्राशयमा कुनै कारणवश जम्मा भएर पिसाब निस्किनमा रोकावट भयो या बिल्कुल रोकियो भने त्यसलाई ‘मूत्र अवरोध’ या पिसाब रोकिनु भनिन्छ ।

यो रोग विशेष गरी पत्थरी, खानामा तरलपदार्थको मात्रा कम हुनु, खानामा नुनको अधिकता, सल्फोनामाइड्स, मर्करी आदि औषधिहरु एवं प्रोस्टेट ग्रन्थिमा संक्रमण आदिका कारण हुनेगर्छ ।

लक्षण

— पिसाव कम या थोपा थोपा आउनु या बिल्कुल नआउनु ।

— छिनछिनमा पीडाका साथ पिसाव आउनु,

— पिँडुलामा पीडा हुनु आदि ।

घरेलु उपचार

१. शिलाजितको सेवन गर्नाले पिसाव रोकिने समस्या ठीक हुन्छ ।

२. २० ग्राम काँक्राको बीउ २० ग्राम धनियाँ राति पानीमा भिजाएर प्रातःकाल त्यही पानीमा पिस्नुहोस् र छान्नुहोस्, त्यसपछि ४ ग्राम सिधेनुन हालेर पिउनाले पिसाव रोकिन ठीक हुन्छ ।

३. त्रिफलाको घोलमा दूध र सखर हालेर पिउनाले पिसावमा हुने अवरोध तथा कष्ट ठीक हुन्छ ।

४. तिल र कपासको बीजको रस मह र दहीसँग खानाले पनि पिसावको रोकावट बन्द हुनछ ।

५. कमलको जरा र तिललाई गोमूत्रमा पिसेर पिउनाले पिसावको रोकावट ठीक हुन्छ ।

६. कपासको बीज, त्रिफला र सिधेनुनको २० ग्राम चूर्ण तातोपानीसँग खानाले पिसावको रोकावट ठीक हुन्छ ।

७. ८ ग्राम गुलावको वृक्षको खरानी र ४ ग्राम सोचर नुन रक्सीसँग पिउनाले रोकिएको पिसाव खुल्दछ

प्रतिक्रिया