आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुघा लागेर हैरान हुनुहुन्छ ? यस्ता छन् बच्ने घरेलु उपाय

प्रकाशित
489
SHARES

काठमाडौँ ।हामीले कफजन्य खानाहरु जस्तै चिसो हावा, चिसो पानी, फ्रिजमा राखिएका खानाहहरु खाएका कारणले नाकमा श्वास आएर रोकिन्छ र बिस्तारै गाढा या पातालो पानी बनेर नाकबाट झर्न थाल्दछ । त्यसैलाई रुघा भनिन्छ ।

यसका लक्षणहरु

– नाकबाट पानी बग्नु

– हाच्छ्युँ आइरहनु

– टाउको दुख्नु र हल्का ज्वरो समेत आउन सक्छ

– पटक–पटक नाकबाट भित्रतर्फ जोडले श्वास तान्नु आदि ।

यसरी गर्न सकिन्छ घरेलु उपचार

१. कालो मरीच, सख्खर र दहीलाई मिलाएर खानाले बन्द नाकको श्वास खुल्दछ ।

२. उमालेर आधा भएको पानी राती सुत्ने समयमा दैनिक पिउनाले फाइदा हुन्छ ।

३. सुठो, कूट, पिप्पली, बेलको गुदी र अंगुको पानी उमालेर एक चौथाई पार्नुहोस् । त्यसलाई छानेर त्यसमा त्यति नै सरसिउँको तेल हालेर उमाल्नुहोस । पानी घटेपछि त्यसलाई चिसो पारेर नाकमा हाल्नाले हाच्छ्युँ आउन बन्द हुन्छ ।

४. घिउ, गुग्गल (एउटा काँडेदार रुख र त्यसको बीज) र मैनको मिश्रणलाई पोलेर त्यसको धुवाँ सुँघ्नाले हाँच्छ्यूँ आउन बन्द हुन्छ ।

५. दूधमा जायफल, अदुवा एवं केसर हाले उमाल्नुहोस् । उमालेर आधा भएपछि त्यसलाई पिउनाले रुघा ठीक हुन्छ ।

६. सात–आठ ओटा कालो मरीच घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी घिउमा झानेर खानुहोस् र त्यसपछि तातो दूध या तातो पानी पिउनुभयो भने रुघा ठीक हुन्छ ।

७. लसुनका सात–आठ वटा पोटी चपाएर खानाले या तरकारी बनाएर खानाले फोक्सोमा जम्मा भएको कफ निस्किन्छ र रुघा ठीक हुन्छ ।

८. सानो एवं कालो मरिचको चूर्ण महसँग चाट्नाले रुघाबाट राहत मिल्दछ ।

९. पानको स्वरसमा ल्वाङ एवं अदुवाको रस मिलाएर महसँग पिउनाले रुघा ठीक हुन्छ ।

१०. दहीलाई पातलो पारेर त्यसमा अलिकति बेसन मिसाएर–घोटेर नुन, मरीच तथा अलिकति मेथीको दाना हालेर पकाउनुहोस् र पाकिसकेपछि तातो–तातो पिउनुहोस्, रुघा ठीक हुनेछ ।

प्रतिक्रिया