आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा आजको बैठक स्थगित

प्रकाशित
448
SHARES

काठमाडौँ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्धको अविश्वास प्रस्ताव आज पनि छलफल नहुने भएको छ । आजका लागि बोलाइएको बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ ।

यस्तै  प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले विशेष कारण भन्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

त्यस्तै आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने र केही विधेयकको प्रस्ताव पनि प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको थियो ।

यसअघि सोमबार बसेको प्रदेशसभाको बैठक आजका लागि बैठक बोलाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

त्यसयता प्रदेशसभामा अविश्वासको प्रस्तावमाथि छलफल हुन सकेन । अविश्वासको प्रस्ताव छल्न विना कारण बैठक स्थगित गरिएको भन्दै प्रचण्ड-माधव समूले गत माघ १९ मा नारावाजीसमेत गरेका थिए ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै विभाजित बनेको नेकपामा प्रचण्ड-माधव खेमाको बहुमत रहेको प्रदेशसभामा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएका छन् । प्रदेश-१ मा पनि मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

प्रतिक्रिया