आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु, थप विवरणसहित

प्रकाशित
381
SHARES

काठमाडौं । भारतको आन्ध्र प्रदेशमा बस र ट्रक आपसमा ठोक्किँदा १४ जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते भएका छन् । दुर्घटना कर्नुल जिल्लाको मदरपुर गाउँमा आइतबार बिहान चार बजेतिर भएको हो ।

दुर्घटनामा आठ महिला, चालकसहित पाँच पुरुष र एक बच्चाको मृत्यु भएको छ । यी सबै चित्तुर जिल्लाको मदनपल्ले भन्ने स्थानबाट अजमेर तीर्थयात्रामा जाँदै थिए ।

तीर्थयात्री सवार बस अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो । कर्नुल जिल्ला प्रहरीका अनुसार बसमा १८ जनामध्ये चारजना बच्चा बाँचेका छन् । उनीहरुमध्ये दुई जना बच्चाको अवस्था गम्भीर छ ।

यसैबीच विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा १० हजार ९० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ४ हजार ६२ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ९६ हजार ३३ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ३८ हजार ६४७ जना, भारतमा १ लाख ५५ हजार ६७३ जना, रूसमा ७९ हजार ६९६ जना, बेलायतमा १ लाख १६ हजार ९०८ जना, फ्रान्समा ८१ हजार ६४७ जना, इटालीमा ९३ हजार ३५६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ७० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १० करोड ९० लाख ८८ हजार ४१२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड १२ लाखभन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ६६ हजार ८४८ जना निको भएका छन् ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ५४ लाख २२ हजार ७२१ छ । यसमध्ये ९८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया