आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ऐतिहासिक महान नेपाली जनयुद्धको समिक्षा र शिक्षा

प्रकाशित
1K
SHARES

काठमाडौँ । फाल्गुन १ गतेबाट महान् तथा ऐतिहासिक नेपाली जनयुद्धले २५ वर्ष पुरा गरेर २६ वर्षमा प्रवेश गरेको छ । २०५२ साल फागुन १ गते नेपालमा सशस्त्र जनयुद्ध शुरु भएको दिन । पच्चीस वर्ष अघि “विद्रोह जनताको अधिकार हो, प्रतिक्रियावादी राज्यसत्ता अन्त्य गरि नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौ” भन्ने मूल नाराका साथ नेपालमा राजतन्त्रात्मक राज्यसत्तालाई ध्वंस गरि नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्श्ये सहित तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा सशस्त्र जनयुद्ध शुरु भएको थियोे । त्यसैले हरेक वर्ष फालगुन १ गतेको दिनलाई नेपालका क्रान्तिकारीहरुले ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाउँदै आइरहेका छन् ।

“एक झिल्को आगोले संसार डढाउन सक्छ” भने झै सानो शक्तिबाट शुरुवात भएको सशस्त्र जनयुद्धले दिन प्रतिदिन विकास गर्दै दस वर्षमा प्रतिक्रियावादी सत्तालाई चुनौती दिन सफल भएको थियोे । यस ऐतिहासिक अबधिमा नेपालको राजनीतिक परिस्थितिमा धेरै परिवर्तन भइसकेको छ । लतत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को पहलमा २०५२ साल फाल्गुन १ गतेदेखि शुरु गरिएको महान् तथा ऐतिहासिक नेपाली जनयुद्ध कुन प्रकारको युध्द थियो ? त्यो जनयुद्ध कति समयसम्म सञ्चालन गरियो ?

त्यस महान् जनयुद्धले किन र कसरी सेडब्याक खान पुग्यो ? त्यस जनयुद्धले नेपाली समाजमा , नेपाली राजनीतिमा के के परिणाम ल्यायो ? यस महान् तथा ऐतिहासिक नेपाली जनयुद्धको द्वन्द्ववादी ढंगले कसरी समिक्षा गर्ने ? यसबाट के के शिक्षाहरु प्राप्त भए त ? यी विषयहरुमा नेपाली जनताको व्यापक चासो र चिन्ता व्याप्त, सर्वत्र फैलिएको छ र जनता जान्न चाहन्छन् । आदि विषयमा यश आलेखमा संश्लेषण गर्ने प्रयत्न गरिनेछ।

हरेक घटना, परिघटनाहरुलाई हामी माक्र्सवादी-लेनिनवादी-माओवादीहरुले माक्र्सवादी द्वन्द्ववादका आधारमा हेर्ने, बुझ्ने, अध्ययन-विश्लेषण गर्ने र सं१धञबबबकश्लेषण गर्ने द्वन्द्वात्मक भौतिकवादी अप्नाउनुपर्ने हुन्छ र अधिभूतवादी पध्दतिलाई निषेध गर्नु वैज्ञानिक हुन्छ । किनभने भने हरेक घटना परिघटनाहरु घटित हुनुका पछाडि निश्चित वैज्ञानिक कारणहरु विद्यमान रहेको हुन्छ, यो मालेमावादको सार्वभौम नियम पनि हो।

जतिबेला महान् अक्टोबर समाजवादी क्रान्तिद्वरा निर्माण गरिएको रुसी मोडलको समाजवाद पतन भएका कारण विश्व सर्वहारा वर्ग, आम समाजवादी शिविरमा निराशा छाइरहेको बेला, सोभियत संघको विघटन पश्चात् विश्व साम्राज्यवादी तथा पुँजीवादी स्यालहरुले” अब माक्र्सवाद पुस्तकालयमा थन्क्याउने भइसक्यो” हुँइयामा हुँइया गरिरहेको बेला, ल्याटिन अमेरिकी मुलुक पेरुमा सशस्त्र जनयुद्धद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न अन्तिम अवस्थामा पुगेको बेला पेरुभियाली कम्युनिस्ट पार्टी (साइनिङपथ) का अध्यक्ष कमरेड गोन्जालोको सन १९९२ का दिन राजधानी लिमाबाट अमेरिकी पिठ्युँ पेरुभियाली प्रतिक्रियावादी फुजिमोरी सरकारले गिरफ्तार गरेर सैनिक जेलमा कैद गर्यो ।

त्यस पछि साइनिङपथका दोस्रो, तेस्रो दर्जाका नेताहरू पनि गिरफ्तार परे पछि पेरुमा सञ्चालन भइरहेको सशस्त्र जनयुद्धले स्डब्याक खान गएपछि विश्वस्तरमा आम क्रान्तिकारी, मुक्तिकामी जनसमुदायमा निराशा छाइरहेको बेला र नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको दलदलमा फसेर नेपाली क्रान्तिलाई दिग्भ्रमित पारिरहेको बेला २०५२ साल फाल्गुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को पहलमा रोल्पा जिल्लाको होलेरी प्रहरी चौकी, रुकुम जिल्लाको राडीज्यूला प्रहरी चौकी, सिन्धुली जिल्लाको सिन्धुली गढी प्रहरी चौकी र गोर्खा जिल्लाको कृषि विकास बैंकको साना किसान बैंक समेतको एउटै समयमा भौतिक आक्रमण गरेर सशस्त्र जनयुद्धको थालनी गरिएको थियोे ।

यो सिंगो नेपाली कम्युनिस्ट आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलन मै एक ऐतिहासिक सशस्त्र जनयुद्ध शुरु गरिएको थियोे । यश कदमले नेपाली सर्वहारा वर्ग, आम नेपाली मुक्तिकामी जनसमुदाय र विश्व सर्वहारा वर्ग र आम जनसमुदाय उत्साहित हुन पुगेको थियोे भने देशीविदेशी प्रतिक्रियावादी शक्ति एवं साम्राज्यवादी शक्तिहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्न पुगेको थियोे । सशस्त्र जनयुद्ध शुरु गर्नुभन्दा पहिले सम्पूर्ण तयारी पुरा गरिएको थियो । सर्वप्रथम २०४८ सालमा सम्पन्न एकता महाधिवेशनबाट दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गरिएको थियोे ।

२०५१ साल फाल्गुन २-४ सम्म गोर्खामा सम्पन्न माओवादी पार्टीको तेस्रो विस्तारित बैठकले “नेपाली नयाँ जनवादी क्रान्तिको, राजनीतिक तथा फौजी कार्यदिशा” पारित गरियो । र, नेपाली सशस्त्र संघर्षको स्वरूप, निशाना र प्रेरक शक्तिहरुको किटान गरियो । साम्राज्यवाद र विस्तारवाद एवं घरेलु प्रतिक्रियावादलाई सशस्त्र संघर्षको निशाना किटान गरियो । नेपाली सशस्त्र संघर्षका प्रेरक शक्तिका रुपमा सर्वहारा वर्ग, खेती मजदुर, मध्यम किसान वर्ग, धनी किसान वर्ग, निम्म पुँजीपति वर्ग, राष्ट्रिय पुँजीपति वर्ग लाई किटान गरिएको थियो र” नेपाली सशस्त्र संघर्षको रणनीति एवं कार्यनीतिको समस्या बारे” दस्तावेज पनि पारित गरिएको थियोे । “नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ऐतिहासिक दस्तावेजहरु “, पश्चिम केन्द्रीय कमाण्ड नेकपा (माओवादी), २०६३ कार्तिक, पेज। १ – ११ ।

२०५२ साल फाल्गुन सशस्त्र जनयुद्धको थालनी गर्नुभन्दा पहिले पूर्ण तयारी गर्ने क्रममा तत्कालीन नेकपा (माओवादी) को” पहिलो योजना तर्जुमा गर्न २०५२ असारमा सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले” ऐतिहासिक जनयुद्धको पहिलो योजना” नामक दस्तावेज पारित गरिनुका साथै” जनयुद्धको प्रथम ऐतिहासिक पहलका निम्ति चार तयारीहरु (१) वैचारिक तयारी, (२) संगठनात्मक तयारी, (३) संघर्ष सम्बन्धि (तयारी) र (४) प्राविधिक तयारी सम्बन्धि दस्तावेज पारित गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ऐतिहासिक दस्तावेजहरु, पश्चिम केन्द्रीय कमाण्ड-नेकपा (माओवादी) २०६३ कार्तिक, पेज १२ – २५ ।
२०५२ साल फाल्गुन १ गतेदेखि सशस्त्र जनयुद्ध शुरु गर्नुभन्दा पहिले २०५२ साल असारमा बसेको माओवादी केन्द्रीय समितिको पूर्ण बैठकमा तत्कालीन १७ सदस्यीय केन्द्रीय समितिका सबै केन्द्रीय नेताहरुले” क्रान्तिकारी पुरा नहुन्जेल हतियार नबिसाउने” सहित निम्न ७ (सात) प्रतिबधाता पत्रमा हस्ताक्षर गरेर पूर्ण प्रतिबधाता जाहेर गरिएको थियोे, जो यश प्रकार रहेका छन् :

(१) हाम्रो यो योजना क्रान्तिकारी हिंसा सम्बन्धि माक्र्सवाद-लेनिनवाद-माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टता अनुसार गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धका रुपमा अघि बढ्ने यश प्रक्रियाको पहलकदमीको योजना निर्माणका सन्दर्भमा पार्टी एक पटक पुनः माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभर अपराजय माक्र्सवादी सैन्य सिध्दान्तका रुपमा जनयुद्धको सिध्दान्तप्रति अविचल रहने प्रतपज्ञा गर्दछौं ।

(२) जनयुद्धको थालनीको हाम्रो यो योजना” राज्यसत्ताबाहेक अरु सबै भ्रम हो” भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निम्ति राजनीतिक सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्श्ये हो भन्ने कुरामा दृढ रही यश प्रश्नमा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्ष गर्न पार्टी आफ्नो प्रतिबधाता जाहेर गर्दछ ।

(३) हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरि नयाँ जनवादी क्रान्ति पुरा गर्ने , त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत क्रान्तिकारी जारी राख्ने सिध्दान्तका आधारमा साँस्कृतिक क्रान्तिहरु चलाउँँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवादको स्थापनासम्म जाने उद्श्येमा आधारित हुनेछ ।

एक पटक हतियार उठाए पछि त्यसलाई अन्त्यसम्म लैजाने दृढता विना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौ । यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दवाप दिई सामान्य संझौतामा टुंग्याउने साधन बन्न कदापि दिइनेछैन । यसरी हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पुँजीवादी, संकिर्णफ, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातिवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त गरिनेछ ।

(४) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रियवादको महान् भावनामा आधारित रहने छ । नेपाली क्रान्ति , सर्वहारा विश्वक्रान्तिको अन्तिम अंग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टी यश सन्दर्भमा माक्र्सवाद-लेनिनवाद-माओवादको निर्देशनमा विश्व क्रान्ति अघि बढाउन तथा नयाँ अन्तर्राष्ट्रिय निर्माणको दिशामा अघि बढिरहेको “क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन” (रिम) (जसको हाम्रो पार्टी पनि सदस्य छ) को विकासमा अझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।

(५) हाम्रो यो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैध्दान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको सार्वभौमिकता अनुसार पार्टी भित्री संघर्षलाई द्वन्द्वात्मक ढंगले ग्रहण र त्यसलाई सञ्चालन गर्नु र पार्टीलाई त्यसरी सजीव राखी हरक्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु , पुरा हृदयले जनताको सेवा गर्न जनतासंग घनिष्ठ सम्बन्ध कायम राख्ने जनदिशाको सिध्दान्तमा अविचल रहने कुरामा पार्टी प्रतिबद्ध छ ।

(६) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र संघर्ष सञ्चालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संघर्ष श्रमजीवी जनसमुदाय मुख्यतः गरिब किसानहरु माथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव , धम्की र प्रोलोभनमा पर्ने छैन ।

(७) युध्दका आफ्नै नियम अनुसार त्यो सरल रेखामा होइन जटिल बक्र रेखामा अघि बढ्नेछ । लेनिनको “क्रान्ति आफैंले आफ्नो विकास क्रममा सँधै नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जान जरुरी छ । जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठिक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्ने छौ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का ऐतिहासिक दस्तावेजहरु, पश्चिम केन्द्रीय कमाण्ड नेकपा (माओवादी) २०६३ कार्तिक, पेज १३ – १४ । यसका अतिरिक्त २०५२ साल फाल्गुन १ गतेदेखि सशस्त्र जनयुद्ध शुरु गर्नुभन्दा पहिले तत्कालीन नेकपा (माओवादी) ले रुकुममा पर्ने सिस्ने हिमाल र रोल्पामा पर्ने जलजला पहाडलाई बिम्ब बनाएर २०५१ सालमा एक वर्षेे “सिज अभियान” चलाएको थियोे । त्यस अभियानले घर परिवार छोड्ने, एक जिल्लाबाट अर्को जिल्ला आउने जानेे अभ्यास गर्ने, व्यक्तिगत स्वार्थ त्यागका लागि अभ्यास गर्ने र अन्य सैध्दान्तिक-वैचारिक स्तरवृद्धि गर्ने, लडाकु मानसिकताको विकास गर्ने, शारीरिक व्यायाम र तालिम गर्ने, फौजी मानसिकताको विकास गर्ने, भूमिगत जीवन शैलीको विकास गर्ने र क्रान्तिकारी जीवन शैलीको विकास गर्ने काममा “सिज अभियान” ले सशस्त्र जनयुद्ध शुरु गर्न कोसेढुङ्गाको काम गरेको थियोे ।

यसरी राजनीतिक, वैचारिक, सैध्दान्तिक, फौजी, सांगठनिक, संघर्षका सबै तयारीहरु पुरा गरेर मात्र तत्कालीन माओवादीले अति आवश्यक तयारी पुरा गरेर मात्र जनयुद्धको थालनी गरेको थियो । तत्कालीन माओवादीले २०५२ साल फाल्गुन १ गतेदेखि थालनी गरेको महान् जनयुद्ध २०६२ सालसम्म गरि दस वर्षसम्म सञ्चालन रहयो । महान् यस दश वर्षेे जनयुद्धको त्यस प्रक्रियामा छापामार दस्ता-जनमिलिसिया हुदै ७/७ वटा डिभिजन सहितको जनमुक्ति सेनाको निर्माण गरियो । ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु निर्माण गरिए । नयाँ जनसत्ताहरु, जनअदालतहरु, जनकम्युनहरु, जनसरकारहरु निर्माण गरेर सञ्चालनमा ल्याइयो ।

रोल्पा, रुकुम, सिन्धुली र गोर्खा गरि चार जिल्लाबाट शुरु गरिएको सशस्त्र माओवादी जनयुद्धको छोटै अबधिमा देशव्यापी बन्न पुग्यो ।
तत्कालीन नेपाली काँग्रेसको प्रतिक्रियावादी सरकारले तत्कालीन एमालेको सहयोगमा प्रशासनिक दमन मार्फत माओवादी जनयुद्धलाई समाप्त पार्ने उद्श्येले प्रशासनिक दमन चलायो । माओवादी जनयुद्ध प्रभावित जिल्लाहरुमा तत्कालीन नेपाली काँग्रेसको सरकारले रोमियो प्रहरी अपरेसन, किलो सेरा टु प्रहरी अपरेसन, सर्च एण्ड किल प्रहरी अपरेसन जस्ता पुलिस अपरेसनहरु सञ्चालन गरेर स्वयत आतंक सिर्जना गर्यो। जनपद पुलिसले माओवादी जनयुद्धलाई दवाउन नसके पछि सशस्त्र प्रहरी गणको व्यवस्था गरेर सैनिकलाई उपलब्ध गराउदै आएको आधुनिक हात हतियार उपलब्ध गरायो ।

यसरी प्रहरीले पनि माओवादी जनयुद्धलाई दवाउन असफल भए पछि २०५८ साल मंसिर ११ गतेदेखि देशव्यापी रुपमा संकटकालिन अवस्थाको घोषणा गरेर देशव्यापी रुपमा तत्कालीन शाही नेपाली सेना परिचालन गरेको थियो । त्यस पछि युध्द घमासान बन्दै गयो । यसबाट पनि माओवादी जनयुद्धलाई समाप्त पार्न नसकेे पछि माओवादी नेताहरुको टाउको मूल्य तोकेको थियो। तत्कालीन प्रतिक्रियावादी सरकारको दमनकारी रवैयाका कारण माओवादी जनयुद्ध सिध्दिनुको बदला झनै बढेर गयो । २०५८ सालमा नेपाली काँग्रेसको सरकारशीत र २०५९/२०६० सालमा तत्कालीन निरंकुश राजा ज्ञानेन्द्र शाहीको सरकारसित गरि दुई दुई पटक शान्ति वार्ताको थालनी गरिएको थियो । दुबै शान्ति वार्ताका क्रममा तत्कालीन सरकारहरुले माओवादी पार्टीले राखेका जायज मागहरु पुरा गर्न नसके पछि माओवादी पुनः सशस्त्र युध्दमा फर्केको थियो ।

फलस्वरूप युध्द भीषण भएर अगाडि बढ्यो । सरकारी दमनले माओवादी जनयुद्धलाई समाप्त पार्न सकेन । अमेरिकी साम्राज्यवादले नाइट भिजन हेलिकप्टर समेत पठायो । यता माओवादीले पनि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका विरुद्ध सुरुङ्ग युध्दसम्म लड्ने योजना बनायो । सुरुङ्गहरु खन्ने काम समेत भए । तर रुकुमको खारामा रहेको तत्कालीन शाही नेपाली सेनासंगको फौजी आक्रमणमा जनमुक्ति सेनाको ठूलो क्षति भयो । त्यस पछि पार्टीको मूल नेतृत्व डरायो । कारण त्यतिबेलादेखि पार्टीको मुख्य नेतृत्व गरेका प्रचण्ड-बावुराममा वैचारिक विचलन पैदा भइसकेको थियोे । त्यस पछि मुख्य नेतृत्वले सशस्त्र जनयुद्धबाट पलायन हुने उपायको खोजी गर्न शुरु गर्यो ।

पहिलो नम्बरमा एमालेशीत लखनउमा वार्ता गर्यो । त्यस पछि २०६२ को असोज-कार्तिकमा पार्टीको चुनवाङ बैठक बस्यो । चुनवाङ बैठकले दस वर्षदेखि सञ्चालन गरिदै आएको सशस्त्र जनयुद्धको कार्यक्रमलाई स्थगित गरेर लोकतान्त्रिक गणतन्त्रको नारा ठोस गर्यो र नेपाली काँग्रेस, एमाले लगायतका सात संसदवादी राजनीतिक दलहरुसित सहकार्य गरेर ज्ञानेन्द्र शाहीले तीन वर्षदेखि लाद्दै आएको निरंकुशताको अन्त्य गर्ने र विघटित संसदको पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलनको उठान गर्ने नीति लियो । त्यसैक्रममा रोल्पाको नुवागाउँमा तत्कालीन एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवाली बीच वार्ता भयो र छ बुदे संझौता समेत गरियो ।

त्यस पछि ती सात संसदवादी राजनीतिक दलहरु र विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का बीचमा भारतको राजधानी नयाँदिल्लीमा १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर भयो । त्यही १२ बुँदे समझदारीको जगमा टेकेर २०६२/२०६३ को १९ दिने ऐतिहासिक संयुक्त जनआन्दोलन सफल भयो । निरंकुश राजा ज्ञानेन्द्र शाहले घुडा टेके र २०६३ बैशाख ११ गते विघटित संसदको पुनःस्थापना भयो । त्यस पछि राजनीतिक परिस्थिति बदलियो । २०६३ बैशाख १२ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले भूमिगत अवस्थाबाट खुला हुने निर्णय गर्यो । खुला गतिविधिमा आयो । २०६३ असार २ तत्कालीन नेपाली काँग्रेसको सरकार र विद्रोही माओवादीका बीचमा गते दस वर्षेे जनयुद्धका प्रक्रियामा निर्माण गरिएका पार्टीका आधार इलाकाहरु , नयाँ जनसत्ता , जन अदालतहरु , जनकम्युनहरु र जिल्ला तथा केन्द्रीय जनसरकारहरु खारेज गर्ने ८ बुँदे संझौतामा हस्ताक्षर गरियो ।

२०६३ मंसिर ५ गते तत्कालीन नेपाली काँग्रेसको सरकार र विद्रोही माओवादीका अध्यक्ष प्रचण्डका बीच दस वर्षदेखि सञ्चालन गरिदै आएको सशस्त्र जनयुद्धलाई अन्त्य गर्न बृहत शान्ति संझौतामा हस्ताक्षर गरियो । र त्यस पछि विद्रोही माओवादीको सहमतिमा २०६३ माघ १ गते अन्तरिम संबिधान जारी गरियो । २०६३ माघ १ गते ८४ जना सांसद सहित नेकपा (माओवादी) संसद (सिंहदरबार) भित्र विधिवत रुपमा प्रवेश गर्यो र २०६३ चैत १८ गते तत्कालीन नेपाली काँग्रेस-एमाले सहितको संयुक्त संसदीय सरकारमा सामेल भयो । यसरी त्यही संसदीय व्यवस्थाका विरुद्ध दस/दस वर्षसम्म सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बहुलवादी संसदीय व्यवस्थालाई स्वीकार गरेर संसदीय व्यवस्था भित्र प्रवेश गर्यो।

यसैक्रममा २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पार्टीको निर्णय बमोजिम भाग लियो । संविधानसभाको माग त माओवादीले जनयुद्ध सञ्चालन गरेकै गरेको थियोे । त्यस निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा माओवादी पार्टी संसदमा उपस्थित भयो । ठूलो राजनीतिक दलको हैसियतले माओवादीले प्रचण्डको नेतृत्वमा ९ महिने सरकार पनि चलायो । तत्कालीन प्रधान सेनापति रुक्माङ्गद कटुवालकाण्डका कारण पार्टी कै निर्णयले सरकारबाट ओर्लियो ।

२०६५ मंसिरमा सम्पन्न पार्टीको खरिपाटी राष्ट्रिय भेलादेखि पार्टी भित्र वैचारिक विवाद पैदा भयो । खरिपाटी राष्ट्रिय भेलाले संविधानसभा मार्फत् “सामन्तवाद तथा साम्राज्यवाद सारतत्व बोकेको जनताको संघीय (जन संविधान)” निर्माण गरेर नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यनीतिक कार्यदिशा पारित गर्यो । २०६५ पुस ११ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बीच पार्टी एकता भयो र पार्टीको नाम “एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा परिणत गरियो । पार्टी भित्र दुई लाइन संघर्ष चुलिदै गयो।

२०६७ मंसिरमा गोर्खा जिल्लाको पालुङटारमा बृहत प्लेनम सम्पन्न भयो । त्यस प्लेनमले पनि संविधानसभा मार्फत् सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय जनगणतन्त्रात्मक (जन संविधान) संविधान निर्माण गर्न पार्टीले पहलकदमी लिने, यदि देशीविदेशी प्रतिक्रियावादी शक्तिबाट षड्यन्त्र भएमा सशस्त्र जनविद्रोह मार्फत् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यनीतिक कार्यदिशा पारित गर्यो । डाक्टर बावुराम भट्टराईले भने त्यस निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट लेख्नुभयो ।

त्यस पछि प्रचण्ड-बावुराम भित्र पैदा भएको नव अवसरवाद मौलाउदै गयो । र प्रचण्ड-बावुराले साम्राज्यवाद तथा विस्तारवादका सामु लमपसार परेर राजनीतिक रुपमा र वर्गीय रुपमा समेत आत्मसमर्पण गर्दै। बावुराम प्रधानमन्त्री भएकै समयमा जनमुक्ति सेनालाई तत्कालीन शाही नेपाली सेना सामु आत्मसमर्पण गर्न बाध्य पारियो र जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेना भित्र विलय गराइयो। हतियार प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र प्रचण्ड-बावुरामले आफ्नै हातले २०६९ साल जेठ १४ गते मध्यमा संविधानसभा विघटन गरेर प्रतिक्रियावादी शक्तिलाई बुझाए र २०७० सालमा पश्चगामी तथा प्रतिक्रियावादी संविधान बनाउन मुख्य भूमिका खेलियो ।

त्यस पछि प्रचण्डको समुह एमाले भित्र विलय हुन पुग्यो भने बावुराम नयाँ शक्ति, काँग्रेस हुदै अहिले मधेसवादी पार्टीमा विलय भएको स्थिति छ। अर्कोतिर माओवाद आन्दोलन भित्रका क्रान्तिकारीहरुले २०६९ साल असार २-५ मा सम्पन्न बौद्ध राष्ट्रिय भेला बाट तत्कालीन एमाओवादीबाट विद्रोह गरि पार्टीका वरिष्ठ उपाध्यक्ष कमरेड मोहन वैद्य किरणको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी-माओवादी पार्टी निर्माण गरियो । पछि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) का बीच एकता गरे पछि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) कनाइयो । अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सशस्त्र जनविद्रोह मार्फत नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्यदिशाका साथ क्रान्तिका कामहरुलाई अगाडि बढाइरहेको छ ।

जनयुद्धको सकारात्मक पक्ष:
(१) दश वर्षेे जनयुद्धको प्रक्रियामा छापामार दस्ता, जनमिलिसिया हुदै ७/७ डिभिजन तहसम्म जनमुक्ति सेनाको निर्माण र परिचालन भयो ।
ग्रामीण इलाकाहरुमा क्रान्तिका आधार इलाकाहरु बन्न पुगे । नयाँ जनसत्ता, जनअदालतहरु, जनकम्युनहरु, जिल्ला तथा केन्द्रीय स्तरसम्म जनसरकारहरुको निर्माण र सञ्चालन हुनु ज्यादै ठूलो उपलब्धि र सकारात्मक पक्ष रहन गयो ।

(२) जनमुक्ति सेनाले ठूला ठूला सैन्य फौजी हमलाहरुमा विजय प्राप्त गरेर प्रतिक्रियावादी सत्तालाई देशव्यापी रुपमा गाउँ गाउँबाट लखेटेर जिल्ला सदरमुकामहरु र राजधानीमा खुम्च्याउनु पर्ने अवस्थामा जुन पुर्याइएको थियो, यो दस वर्षेे जनयुद्धको ठूलो उपलब्धि र सकारात्मक पक्ष थियोे ।

(३) रोल्पा, रुकुम, सिन्धुली, गोर्खा गरि चार जिल्लाबाट २०५२ फाल्गुन १ गतेबाट शुरु गरिएको जनयुद्धको प्रभाव देश भरी फैलिनु र देशव्यापी रुपमा सबैभन्दा ठूलो पार्टी निर्माण हुनु जनयुद्धको ठूलो उपलब्धि र सकारात्मक पक्ष थियो।

(४) दस वर्षेे जनयुद्धको प्रक्रियामा जसरी लाखौं लाख युवा युवतीहरु, महिला, दलित, जनजातिहरु, मुस्लिम, मधेसीहरु, पिछडिएका क्षेत्रका जनसमुदायहरु जीवनको पर्वाह नै गरि महान् जनयुद्धको तुफानी अभियानमा लामबध्द भए, देश, जनता र क्रान्तिका निम्ति सहिद हुन तयार भए, यो सिंगो नेपाली कम्युनिस्ट आन्दोलन मै एउटा गौरवको विषय हो र जनयुद्धको ठूलो उपलब्धि र सकारात्मक पक्ष हो ।

(५) दस वर्षेे जनयुद्धको क्रममा नेपालमा सत्ताधारी वर्गले युगौदेखि पछाडि पारिएका महिला, दलित, जनजाति, मुस्लिम, पिछडिएका क्षेत्र आदिका जनसमुदायका बीचमा व्यापक रुपमा चेतनाको विकास गराउनु , मुख्यतः राजनीतिक, वैचारिक तथा साँस्कृतिक रुपले सचेत र संगठित गर्नु जनयुद्धको ठूलो उपलब्धि र सकारात्मक पक्ष थियो ।

(६) जनयुद्ध कै बलबाट २४० वर्षीय शाहवंशीय सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरेर लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनु जनयुद्धको ठूलो उपलब्धि र सकारात्मक पक्ष हो । किनभने सामन्तवादी राज्य व्यवस्था भन्दा लोकतान्त्रिक गणतन्त्र एक कलम अगाडिको प्रगतिशील व्यवस्था हो ।

जनयुद्धको नकारात्मक पक्ष र नोक्सानी :
(१) दश वर्षको जनयुद्धको त्यस अबधिमा पार्टी स्कुल खडा गरेर पार्टीका हजारौं कार्यकर्ताहरु र अब्बल दर्जाका केन्द्रीय नेताहरूलाई स्कुलिङ र तालिम नगाराइनु यो कम्जोर तथा नकारात्मक पक्ष हो । यसले नेता, कार्यकर्ताहरुमा वैचारिक, सैध्दान्तिक स्तर बृध्दि गर्न मा ठूलो नोक्सानी गर्यो । जस्तो कि कार्यकर्ताहरुलाई स्कुलिङ मार्फत मालेमावादका आधारभूत सिध्दान्तहरुले लैस गरेर व्यवहारमा उतारेको भए प्रचण्ड-बावुरामहरु वैचारिक रुपमा पलायन भएर प्रतिक्रियावादी तत्वहरुमा विलय हुनेक्रममा जनयुद्धबाट आएका त्यति ठूलो संख्यामा कार्यकर्ताहरु संगसंगै जाने थिएनन् ।

विचारविनाका , स्कुलिङविनाका ठूलो संख्यामा कार्यकर्ताहरु हुँदैमा त्यस पार्टीले नै क्रान्तिको नेतृत्व गर्न सक्तैनन् भन्ने नकारात्मक पक्षबाट सकारात्मक पक्षमा शिक्षा दिएको छ दश वर्षेे जनयुद्धले शिक्षा दिएको छ ।

(२) पार्टीले पार्टी नेतृत्व केन्द्रीकरण नुहुमा र विचार विकासका नाममा “प्रचण्डपथ” पगरी प्रचण्डलाई घुताइदिनु ठूलो सैध्दान्तिक गलती थियो । साथै प्रचण्डपथलाई सैध्दान्तिकीकरण गरेर पार्टीलाई मालेमावादको आधारमा क्रान्तिकारी बनाउनुपर्ने प्रचण्डमाथि “श्रध्दावाद” लागू गर्ने गलती गरियो। श्रध्दावाद दार्शनिक फाँटमा पूर्वीय दर्शनको एउटा हाँगा हो । दार्शनिक रुपले रुपले श्रध्दनवादले व्यक्तिका नकारात्मक पक्षलाई छोपी दिन्छ र नकारात्मक पक्षलाई सकारात्मक पक्षमा देखाई दिने गर्दछ ।

प्रचण्डप्रति लागु गरिएको श्रध्दावादले प्रचण्डमा रहेका नकारात्मक पक्षलाई छोप्ने काम गर्यो र नकारात्मक पक्षलाई बढाई चढाई गरेर प्रस्तुत गरिदियो, जसले प्रचण्डलाई विचारविहिन बनाएर पहिले नै प्रतिक्रियावादी भइसकेको एमालेमा विलय गरायो । यथार्थ यही नै हो । यो नै जनयुद्धको ठूलो नकारात्मक पक्ष हो र यसले नेपाली क्रान्तिलाई ठूलो नोक्सानी पुर्यायो ।

(३) दश वर्षको जनयुद्धको त्यस प्रक्रिया भित्रबाट प्रचण्ड-बावुराममा लुकेर बसेको चरम अवरवादलाई समयमै चिन्न नसक्नु र चिनिसकेपछि समयमै नियन्त्रणमा ल्याउने र दुधको कराइमा परेको “झिंगे” टिपेर फ्याके झै फ्याकेर पार्टीलाई मालेमावादको पथप्रदर्शकमा आधारित रहेर क्रान्तिकारी कनाई राख्न पार्टी भित्रका क्रान्तिकारीहरुको पनि ठूलो कम्जोरी रहेको छ । यसको पनि निश्चितरूपमा समिक्षा गरिनु पर्छ । यो पनि एउटा जनयुद्धको नकारात्मक पक्ष भित्र पर्छ र यसले पनि नेपाली क्रान्तिलाई ठूलो नोक्सानी गर्यो ।

(४) दस वर्षको जनयुद्धको त्यस ऐतिहासिक अबधिमा लाखौंको संख्यामा युवा पंक्ति सामेल भयो । दशौ हजारमा शाहदात प्राप्त गर्ने र देश, जनता र क्रान्तिका लागि जीवन समर्पण गर्ने पनि युवा पंक्ति नै छ । तर पार्टी नेतृत्वले स्कुलिङको व्यवस्था गरेर मालेमावादका आधारभूत सिध्दान्तका विषयमा वैज्ञानिक ढंगले प्रशिक्षित गरेर व्यवहारिक नबाएर पैसामुखी, सुविधाभोगी मानसिकता भएका कार्यकर्ता तयार पार्ने, नेताका वरिपरि घुम्ने र राजनीतिक रुपले लम्पट कार्यकर्ता तयार पारेर चरम अववादी नेताहरुको स्वार्थ पूर्ति गरिदिने कार्यकर्ताहरु जुन बनाइयो र अहिले एमाले भित्र विलय पछि पनि व्यक्तिगत स्वार्थका लागि ठूलो युवा शक्ति अवसरवादी नेताहरुको वरिपरि घुमिरहेका छन् । यिनिहरुलाई पनि दस वर्षेे जनयुद्धले जन्माएकोले यसले क्रान्तिलाई ठूलो नोक्सानी पुर्याएको छ । यो पनि जनयुद्धको नकारात्मक पक्ष भित्रैै पर्दछ ।

(५) पार्टीको मुख्य नेतृत्वले स्कुलिङ गरेर क्रान्तिकारी कार्यकर्ताहरु निर्माण गरेर पार्टीलाई क्रान्तिकारी बनाई राखिरहने कार्यकर्ताहरु बनाउनुपर्नेमा त्यसो नगरी नेताहरुको गुणगानहरुको “गीत गाउने” भजनमण्डली कार्यकर्ताहरु अर्थात् नेताहरुको “भजन गाउने” कार्यकर्ताहरु, नेताहरुको वरिपरि घुम्ने कार्यकर्ताहरु प्रवृत्ति भएका कार्यकर्ताहरु जो जन्माइएयो, ती कार्यकर्ताहरु प्रचण्डहरुसंगै एमाले भित्र विलय भए र अहिले विभाजनको शिकार भएको बेला पनि उनै जनयुद्धबाट जन्मिएका सूर्य चिन्हका लागि नेताहरुको भजन गाइरहेका छन् ।
यो जनयुद्धको नकारात्मक पक्ष भित्र पर्दछ । यो पनि नेपाली क्रान्तिका लागि ठूलो नोक्सानी हो ।

(६) दस वर्षे जनयुद्धको सबैभन्दा ठूलो नकारात्मक पक्ष भनेको “प्रचण्ड प्रवृत्ति” हो । प्रचण्ड प्रवृत्ति भनेको चरम व्यक्तिवादी अवसरवाद हो । त्यो अवसरवाद कम्युनिस्ट पार्टीको बर्को ओढेर प्रकट हुने गर्दछ र त्यस प्रवृत्तिले कम्युनिस्ट कै खास्टो भित्रबाट आफूलाई क्रान्तिकारी भएको देखाउने गर्दछ । प्रचण्डले पनि कम्युनिस्टको बर्को ओढेर नै आफूलाई नवसंशोधनवादमा परिणत कनाई सके पछि पनि क्रान्तिकारी नै भएकोमा देखाई रहेका छन् । प्रचण्ड प्रवृत्तिको अर्को खतरनाक पक्ष भनेको पार्टी भित्र फरक विचार राख्ने र आलोचना गर्नेहरुलाई अनेक तरिकाले समाप्तै पार्ने प्रवृत्ति हो । यो प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलन भित्रको ज्यादै खतर्नाक प्रवृत्ति हो ।

प्रचण्ड प्रवृत्ति भित्र पर्ने एउटा खतर्नाक प्रवृत्ति के हो भने नेताहरूको वरिपरि घुम्ने, नेताहरुलाई चाकडी र दलाली गर्ने कार्यकर्तालाई क्षमता, योग्यता, योगदान र आवश्यकताका आधारमा नभएर आफूलाई मनपराएको आधारमा संगठनमा, पदोन्नति गर्ने, विशेष जिम्मा दिने हो भने नेताहरुको गलती कम्जोरीहरु आौल्याउने, पार्टी भित्र मौलाउन खोजेका गलत प्रवृत्तिहरुको बारेमा आलोचना गर्ने, रुपान्तरण गर्ने सवालमा पार्टी भित्र बहस चलाउन प्रयत्न गर्ने तथा अवसरवादी नेताहरुका ननजिकिने इमानदार तथा क्रान्तिकारी स्प्रिट भएका नेता, कार्यकर्ताहरुलाई पार्टी भित्र उपयुक्त जिम्मेवारी नदिएको भए पनि विभिन्न बहानाबाजी गरेर हटाउदै जाने, जिम्मेवारीबाट बञ्चित गराउने प्रवृत्ति हो । यो प्रवृत्ति व्यक्तिवादी प्रवृत्ति हो । यसखाले प्रवृत्तिले देश, जनता र क्रान्तिलाई नोक्सान गर्दछ । त्यो कुरा प्रचण्ड कै जीवनमा प्रकट भयो । प्रचण्ड प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलन भित्र रहेको अत्यन्तै खतर्नाक प्रवृत्ति हो । यसले नेपालको वर्तमान माओवादी आन्दोलनलाई पनि नकारात्मक असर पारिरहेको छ ।

अन्त्यमा महान् दस वर्षेे जनयुद्धको सकारात्मक पक्ष र नकारात्मक पक्षबाट आजका माओवादी क्रान्तिकारीहरुले आदर्शवादी सिध्दान्त होइन, भौतिकवादी सिध्दान्तलाई अवलम्बन गरेर, अधिभूतवादी पध्दति होइन माक्र्सवादी द्वन्द्ववादी पध्दतिलाई अंगीकार गरेर दस वर्षे जनयुद्धबाट शिक्षा लिएर नेपाली क्रान्तिका कामहरुलाई अगाडि बढनाउन र पार्टी पंक्तिलाई क्रान्तिकारी, अनुशासनबध्द र लडाकु बनाई राख्नु नै महान् दस वर्षे जनयुद्धको २६ आौ वर्ष दिवस मनाउनुको सार्थकता हुनेछ ।

मिति : १ फाल्गुन २०७७ (१३ फेब्रुअरी २०२१) बुढानिलकण्ठ नपा-२ , काठमाडौं ।

प्रतिक्रिया