आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भागरथीको मोबाइलमा रहेका मेसेज, भिडियो, अडियो र कल विवरणबारे खुल्याे नयां रहस्य, प्रहरी समेत चकित

प्रकाशित
0.9K
SHARES

बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिका– कतोला चडेपानीकी १७ वर्षीया भागरथी भट्टले प्रयोग गर्ने भारतीय सीमकार्ड र मोबाइलमा रहेका म्यासेज, भिडियो–अडियो र कलको विवरण डिलिट गरेको पाइएको छ । मृतकको मोबाइल ‘रिकभर’ गरिने भएको छ।

घटनास्थलमा भेटिएको उनको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गर्ने तयारी गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मोबाइलसहित घटना स्थलमा भेटिएका सबुत प्रमाणको आवश्यकताका आधारमा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको बताए।

उनले भागरथीले प्रयोग गर्ने मोबाइल पनि परीक्षणका लागि केन्द्रीय डिजिटल ल्याबमा पठाइरहेको बताए। त्यसबाट मोबाइलमा भएका सबै म्यासेज, अडियो–भिडियो र कलका सबै विवरण प्राप्त निकाल्न सकिने भएकाले अनुसन्धानमा सहज हुने जनाए। भागरथीले भारतीय सीमकार्ड पनि प्रयोग गर्ने खुलेको छ।

घटनास्थलमा भेटिएको मोबाइलमा भारतीय सीमकार्ड मात्र फेला परेको र उनले प्रयोग गर्ने नेपाली सीमकार्ड सो दिन घरमै रहेको पाइएकाले प्रहरी अनुसन्धानमा केही समस्या भएको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार भारतीय सीमकार्ड र मोबाइलका म्यासेज, भिडियो–अडियो र कलको विवरण समेत डिलिट गरेको पाइएपछि मोबाइलबाट बलियो ‘क्लु’फेला पर्न सकेको छैन। तर डाटा ‘रिकभर’ भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भारतीय प्रहरीसँग पनि समन्वय गरेर अनुसन्धान भइरहेको बताए।

भारतीय प्रहरीको सहयोगमा पनि कल डिटेल निकाल्न आवश्यक पहल थालिएको बताउँदै घटनाको सुक्ष्म अनुसन्धान जारी राखिएको जानकारी दिए। सीमा नाका नजिक भएकाले चडेपानी क्षेत्रमा भारतीय नेटवर्कले काम गर्ने गरेको छ। सोही कारण त्यहाँका अधिकांश स्थानीयले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन्।

गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिइन्। उ३ दिनदेखि घटनास्थलमा एसएसपी र सीआईबीका डीएसपीको नेतृत्वको प्रहरी टोली अनुसन्धानका लागि तैनाथ छ।

आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी पनि बैतडीतर्फ हिँडेका छन्। भट्टको चिनजानकै मान्छेले बला-त्कारपछि ह-त्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । उनको ह-त्याका लागि छानिएको स्थल, उनी आउजाउ गर्ने समय सबैकुरा बिचार गरेर गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।

३ दिनअघि घटेकाे थियाे निर्मला ह त्या प्रकरण सम्झाउने घटना

बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट। सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढि्थन् । घरबाट स्कुल पुग्न झण्डै एकघण्टा जंगलको बाटो हिँड्नुपर्छ । यद्यपि स्कुल जाँदा-आउँदा साथीहरु हुन्थे ।

बुधबार २ बजे पढाइ सकेर उनी स्कुलबाट हिँडिन् । तर, अरु दिनजस्तो उनी घर पुगिनन् । स्कुलबाट छुटेका साथीहरुले हामी कपाल काटेर आउँछौं, तिमी हिँड्दै गर भनेका थिए । हुन्छ भनेर हिँडेकी उनी घर नआएपछि आमा द्रोपतीले हारगुहार गरिन्, खोजीमा जुटिन् । तर, भागरथीको अत्तोपत्तो भएन ।

भोलिपल्ट बिहीबार स्कुलबाट फर्किएकाहरुले लबलेक सामुदायिक वनमा बनमारा झाडी माडिएको देखे । भागरथी हराएको थाहा पाएका उनीहरुले गाउँलेलाई खबर गरे । गाउँ नजिकै रहेको प्रहरी चौकीबाट प्रहरीहरु पनि पुगे । ‘मान्छे मा रेर फालेको भन्ने खबर पाएपछि म पनि गएँ, भागरथीकै शव रहेछ’ दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले अनलाइनखबरसँग भने ।

भागरथीको निकै बी भत्स किसिमले ह त्या गरिएको थियो । त्यो देख्दा निर्मला प्रकरण सम्भिmएको भन्दै कार्की भन्छन्, हामीले हेर्दा दुबै घटना उस्तै हो जस्तो लाग्छ ।’ २०७५ साउन १० गते साथीको घरमा पढ्न गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बला त्का रपछि ह त्या गरिएको अवस्थामा भोलिपल्ट उखु बारीमा शव भेटिएको थियो ।

प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टोउकोमा चोट लागेको छ, घाँटीमा थिचेर ह त्या गरेको जस्तो देखिने मार्क छ भने हातमा कोतरिएको छ । यौ नाङ्गमा रगत बगेको समेत पाइएको छ ।

प्रहरीले भागरथीको पनि बला त्कारपछि ह त्या भएको देखिन्छ भनेको छ र, यसबारे यकिन गर्न भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षण गर्ने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार शनिबार जिल्ला अस्पतालमा भट्टको पोष्टमार्टम गरिएको छ । रिपोर्ट आउन केही दिन लाग्छ ।

अहिले सुदूरपश्चिमबाट एसएसपी जनकराज पाण्डे बैतडी पुगेका छन् भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट पञ्चकुमार बाखुको टोली पुगेको छ । बाखु निमर्ला पन्त हत्या प्रकरणको अनसन्धानका लागि पछिल्लो समय कञ्चनपुरमा थिए । बैचडीमा भागरथीको हत्या भएको खबर आएपछि उनलाई नै पठाइएको हो ।

घटनास्थलमा लगिएको प्रहरीको तालिम प्राप्त कुकुरले भागरथीको मोबाइल पनि भेट्टाएको छ । तर, अहिलेसम्म घटनामा संलग्न भएको आरोपमा कोही पक्राउ परेका छैनन् । ‘घटनालाई गम्भीरतापूर्वक अनुसन्धान होस् भनेर भनेका छौं’ गाउँपालिका अध्यक्ष कार्की भन्छन्, यो यति विभत्स घटना छ कि दोषीलाई मृत्युदण्ड पनि कम हुन्छ ।’

भट्ट परिवारमा एकपछि अर्को बज्रपात

गाउँपालिका अध्यक्ष कार्की पनि वडा नम्बर ७ कै हुन्, भारगथी र उनको टोल भने अगल अलग हो । कार्कीका अनुसार भागरथीका बुबाको मृत्यु भएको दुई महिना पनि भएको छैन ।

४५ वर्षीया आमा द्रोपती बरखीमा छन् । भारतमा मजदुरी गरेर परिवारको खर्च टार्दै आएका बुबाको मृत्यु भएपछि भागरथीका दाइ हालै मात्र मजुदरी गर्न भारत गएका थिए । दुई दिदीको बिहे भइसकेकाले घरमा उनी मात्र आमाकी साथी थिइन् ।

प्रतिक्रिया