आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रदर्शनलाई व्यापक बनाउन देउवाको अपिल

प्रकाशित
406
SHARES

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनलाई व्यापक बनाउन अपिल गरेका छन्। शनिबार कांग्रेसले गरेको प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले फागुन ३ मा हुने प्रदर्शनलाई व्यापक बनाउन भनेका छन्।

‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ,’ देउवाले भनेका छन्।

उनले अब हुने प्रदर्शनलाई व्यापक बनाउन पनि अपिल गरेका छन्। ‘फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपील गर्दछु,’ उनले भनेका छन्।

प्रतिक्रिया