आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्ने बाइडनको चेतावनी, अब के होला ?

प्रकाशित
1.1K
SHARES

काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट दुईतिहाई बहुमत प्राप्त गरेको सुकी सरकारलाई अपदस्त गरेर साशन हातमा लिएको म्यानमार सेनाविरुद्ध अमेरिकी राष्ट्रपति जो बाइडनले कदम चाल्ने धम्की दिएका छन् ।

म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकालको घोषणा गरेको छ ।

म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको सत्ता तत्काल छोड्न सेनालाई भनेका छन् । अन्यथा ‘उचित कदम’ चाल्ने बाइडनले चेतावनी दिएका छन् ।

यदि बाइडेनले दिएको चेतावनी अनुसार अमेरिकाले म्यानमार सेना बिरुद्ध कदम चालेको खण्डमा म्यानमारमा ठुलो हिँसा भड्किने खतरा हुन्छ । त्यसरी हिँसा भड्किदा देशमा ठुलो जनधनको क्षेती हुने भएको छ ।

म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई समेत हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको थियो ।

सैनिक टेलिभिजनबाट एक सन्देश प्रसारित गर्दै म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा आएको जनाइएको थियो ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ । नेशनल लिग फर डेमोक्रेसी पार्टीको सर्बोच्च नेता सुकीले विश्व प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाएकी छन् ।म्यानमारमा भएको सैनिक ‘कू’को विश्वभरबाट विरोध भइरहेको छ ।

प्रतिक्रिया