आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो काण्डमा संलग्न रहेको खुलासा भएपछि कम्युनिष्ट पार्टीका वरिष्ठ नेता पक्राउ, पार्टीबाट निष्कासित

प्रकाशित
489
SHARES

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीका एक वरिष्ठ नेता घुसकाण्डमा पक्राउ परेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको हेनान प्रान्तको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष समेत रहेका वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने निर्णय गरेको थियो । जनपरिषद्का अनुसार राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घूसखोरीमा संलग्न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई पार्टीको नीति र नियम उल्लंघन गरेको आरोपमा पार्टीबाट निष्कासन गरिएको छ । पार्टी अनुशासन एवं कानुनको गम्भीर उल्लंघनको आरोपमा उनलाई जिम्मेवारीबाट हटाइएको हो । उक्त मुद्दाको थप कारबाही अघि बढाइएको पनि जनपरिषद्ले बताएको छ ।

यसबीच कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेको विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को टोलीले क्वारेन्टाइन अवधि पूरा गरेको छ । माघ १ गते चीनको वुहान पुगेको डब्लूएचओको टिमले अब फिल्डमा गएर कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्ने समाचार संस्था एपीले जनाएको छ ।

दस जना वैज्ञानिकहरूको टोलीले विभिन्न अनुसन्धान संस्था, अस्पताल र माछाबजारका मानिसहरूसँग अन्तर्वार्ता गर्ने जनाइएको छ । चीनको वुहानबाट सन् २०१९ को डिसेम्बरदेखि कोरोना भाइरसको महामारी फैलिएको बताइएको छ । टोली प्रमुख पिटर बेन एम्बरेकले ‘वास्तवमा के भएको थियो भन्नेबारे थाहा पाउनका लागि यो निकै लामो यात्रा तय गर्नुपर्ने’ बताएका छन् ।

उनले सुरुवाती चरणमै सबै कुरा थाहा हुन सम्भव नभएको जनाएका छन् । डब्लूएचओले कोरोना भाइरसको संक्रमण कसरी फैलियो भन्नेबारे चीनमा अनुसन्धान गर्ने इच्छा देखाएको थियो । सुरुमा चीनले डब्लूएचओका अनुसन्धानकर्तालाई प्रवेश दिए पनि अनुसन्धान गर्न नदिने अडान राख्दै आएको थियो । चीनले शनिबार ती अनुसन्धानकर्तालाई अनुमति दिने जनाएको थियो ।

चीनको वुहान सहरबाट कोरोना संक्रमण फैलिएकाले अनुसन्धान गर्न चाहेको डब्लूएचओले बताउँदै आएको थियो । तर विभिन्न देशले चीनले कोरोना भाइरसको स्वतन्त्र अनुसन्धान गर्न आनाकानी गरेको भन्दै आलोचना गरेका थिए । चीनले भने कोभिड–१९ को उत्पत्तिबारे गर्ने अनुसन्धानमा पूर्ण रूपमा सघाउन आफू तयार रहेको दोहोर्‍याउँदै आएको थियो ।

उता समुद्रमा अत्यधिक माछा मार्ने गरिएपछि शार्कका कतिपय प्रजातिको संख्या पछिल्लो ५० वर्षमा ७० प्रतिशतभन्दा बढीले समाप्त भइसकेको एक अध्ययनले देखाएको छ । माछा मार्नेक्रम वर्षैपिच्छे बढेपछि सामुद्रिक जीवनचक्रमै ठूलै खाडल सिर्जना भएको पनि अध्ययनको निचोड छ ।

अनुसन्धाताहरुले हथौडाजस्तो टाउको हुने शार्कदेखि चराजस्तो देखिने विशाल माछा सम्मका अनेकौं प्रजातिको डरलाग्दो रुपमा ह्रास आइरहेको बताएका छन् ।

सर्वाधिक प्रभावित जीवजन्तुमा सामुद्रिक विशाल शार्कहरु (ओसियानिक ह्वाइटटिप) रहेका छन् जसले मानिसलाई आक्रमण गरिरहन्छ । मानवीय क्रियाकलापका कारण यस प्रजातिको शार्क लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।

यी शार्कलाई मानिसले पखेंटाका लागि शिकार गर्दछन्, र विश्वका कतिपय मुलुकमा ठूलै मूल्यमा खुलेआम बिक्री गर्दछन् । यी शार्कको विश्वव्यापी संख्या विगत ६० वर्षमा करिब ९८ प्रतिशतले घटेको साइमन फ्रेजर विश्वविद्यालय (एसएफयु) का प्राध्यापक एवं अध्ययन टोलीका वरिष्ट लेखक निक डल्भीले बताए ।

उनले भने, “यी शार्कको विनाश अन्य अधिकांश विशाल स्तनपायीको विनाशभन्दा बढी भयावह देखिएको छ । ब्यू ह्वेलको विनाशभन्दा अहिलेको अवस्था नाजूक छ ।” अध्ययनका प्रमुख लेखक नाथन पचौडाले भने, “यी जीवजन्तु पृथ्वीका सबैभन्दा ठूला र दूरदराजमा बासस्थान रहेका छन् जसलाई प्रायः मानव प्रभावबाट जोगाउनु पर्ने ठानिन्छ ।”

“हामीलाई थाहा छ भिन्नभिन्न अध्ययन र प्रतिवेदनहरुबाट आएका ती सूचनाहरु धेरै स्थानमा अवस्था निकै खराब थियो । त्यसैले विश्वव्यापी परिस्थितिको बारेमा कल्पना गर्न निकै गाह्रो थियो” एसएफयुका जैविक विज्ञान विभागका पचौडाले बताए ।

नेचर नामको जर्नलमा बुधबार प्रकाशित अध्ययनले अत्यधिक माछा मार्ने र कमजोर संरक्षणलाई औंल्याएको छ । संरक्षणका प्रयासले पुनः उही अवस्थामा ल्याउन सकिने पनि अध्ययनको निचोड छ ।

यो अनुसन्धानले खासगरी सामुद्रिक शार्क र ठूला माछालाई केन्द्रित गरेको छ । यी जीवहरु मुख्यरुपमा खुला जलक्षेत्रमा बस्छन् । प्राध्यापक पचौडाले भन्नुभयो, “तथ्य विवरणले सामुद्रिक जीवनमा ठूलै र अकल्पनीय खाडल सिर्जना गर्दैछ ।”

अध्ययनमा समेटिएका १८ प्रजातिहरुको विश्वव्यापी संख्या सन् १९७० यता ७० प्रतिशतभन्दा बढी नै खस्किएको प्रतिवेदनमा उल्लेख छ । डल्भीको भनाईमा अन्य प्रजातिका सामुद्रिक जीवजन्तुको यो संख्या सामुद्रिक शार्क र ठूला माछाको जस्तै वा त्योभन्दा खराब अवस्था रहेको छ । तर त्यसबारे विस्तृत अध्ययन हुन पाएको छैन । पचौडाले भने, यो नतिजाले विज्ञहरुलाई निकै चिन्तित बनाएको छ ।

अध्ययनका अर्का लेखिका एवं म्यारिन मेगाफौना फाउन्डेसनका सहसंस्थापिका आन्द्रे मार्शलले भने, ठूला सामुद्रिक माछाहरुको संख्या मोजाम्बिकको जलक्षेत्रमा पनि नाटकीय रुपमा कमी आएको छ । “हामीले अनुमान गरेभन्दा यो निकै छिटो गतिमा भइरहेको छ र यसका बारेमा जतिसक्दो चाँडो संरक्षणका कार्यहरु गरिनु पर्दछ ।”

तीन प्रजातिका शार्कहरु खासगरी हथौडा आकारको टाउको हुने शार्क बढी नै संकटापन्न अवस्थामा छन् । यिनीहरुको संख्या ८० प्रतिशतभन्दा बढीका दरले घटेको छ । यी शार्कहरुको संख्या घट्नुमा मुख्यतः यिनीहरुको प्रजननको दर कम हुनु र हुर्किनेक्रम पनि सुस्त हुनु हो ।

पछिल्लो आधा शताब्दीमा माछा मार्न प्रयोग गरिने घातक जालहरुको संख्या पनि दुई गुणा बढेको पाइएको छ । यी जालले समग्र सामुद्रिक पर्यावरण र जीवजन्तुको बासस्थानलाई नराम्रो असर पारिरहेको छ ।

अन्तर्राष्ट्रिय मत्स्यपालनको व्यवस्थापन हेर्ने क्षेत्रीय निकायहरुले शार्कजस्ता दुर्लभ जीवजन्तुको संरक्षणलाई खासै प्राथमिकता दिइरहेका छैनन्, पचौडा भन्छन् । उनले संकटापन्न र गम्भीर रुपमा संकटमा परिरहेका प्रजाति मार्न प्रतिबन्ध लगाउन माग पनि गर्नु भएको छ ।

पछिल्लो समय अमेरिकाले अघि सारेका नियम कानुनका कारण अमेरिकी जलक्षेत्रमा सेता शार्कहरु पुनः देखिन थालेका छन् । प्रा. पचौडा भन्छन्, “प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन सके संकटापन्न शार्कहरुलाई लोप हुनबाट रोक्न सकिन्छ । त्यो अनुभव भइसकेको छ ।”

सर्वसाधारण आम नागरिकले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न आआफ्ना सरकारमाथि दबाब दिनुपर्ने डल्भीको भनाइ छ । उनले भने, “जहाँ जहाँ सम्भव हुन्छ, शार्कको संरक्षणका लागि सरकारसँग आग्रह गर्नुहोस् ।” एएफपी

प्रतिक्रिया