आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सिमानामा विवाद बढेलगत्तै मोदीले चीनबिरुद्ध चाले यस्तो कडा कदम, अब के गर्लान राष्ट्रपति सी ?

प्रकाशित
439
SHARES

काठमाडाैं । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ। यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको थियो।

भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी छ। अघिल्लो सातामात्रै उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकबीच झडप भएको र दुबै पक्षका २४ जना घाइते भएका छन्। यसैबीच भारतले आज (मंगलबार) ७२ औँ गणतन्त्रका दिवस मनाउँदै छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको छ। ठाउँ-ठाउँमा छेकबार लगाइएको छ। किसानहरुको ट्रयाक्टर र्‍यालीलाई मध्यनजर गर्दै यसपटकको गणतन्त्र दिवसमा दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो ।

मंगलबार गणतन्त्र दिवस परेडलगत्तै किसानहरुले तीनवटा विवादित कृषि कानूनको विरोधमा ट्रयाक्टर र्‍यालीको आयोजना गर्दैछन्। समाचार एजेन्सी पिटिआईका अनुसार किसान संगठनले फेब्रुअरी १ मा संसद भवन घेराउको घोषणा पनि गरेका छन्। उक्त दिन भारतको संसदमा बजेट पेश हुने छ।

कडा सुरक्षा व्यवस्थाकाबीच किसानहरुले गणतन्त्र दिवस परेड समापन भएपछि मात्रै ट्रयाक्टर र्‍याली निकाल्न सक्ने प्रहरीले जनाएको छ। दिल्लीको सीमामा दुई महिनादेखि भइरहेको किसान आन्दोलनको समर्थनमा मुम्बईको आजाद मैदानमा हजारौँको संख्यामा किसानहरु भेला भएका छन्।

भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीहरूलाई शुभकामना सन्देश पठाएका छन्। भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले युगौंदेखिको नेपाल-भारत बहुआयामिक सम्बन्ध आगामी दिनमा झन् मजबुद् हुने विश्वास व्यक्त गरेकी छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा प्रधानमन्त्री ओलीले भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल-भारतको सम्बन्ध मित्रता, समानता, सहकार्य र एकअर्काको सम्मानमा आधारित रहेको उल्लेख गरेका छन्।

विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक क्षेत्रमा भारतले गरेको विकासको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन्। भारतले नेपाललाई कोरोनाविरूद्ध दश लाख डोज भ्याक्सिन अनुदानमा दिएकोप्रति पनि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेका छन्।

भारतमा एक दिनका लागि मुख्यमन्त्री बनिन् एक किशोरी

भारतको उत्तराखण्ड राज्यकी एक १९ वर्षीया किशोरी राज्यको मुख्यमन्त्री बनेकी छन् । हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एकदिने मुख्यमन्त्री बनेसँगै उनको चर्चा भारतभर चुलियो ।

गोस्वामी राष्ट्रिय बालिका दिवसका अवसरमा आइतबार प्रतीकात्मक रूपमा उत्तराखण्डकी मुख्यमन्त्री बनेकी हुन् । प्रतीकात्मक रूपमा नै भए पनि उत्तराखण्डमा पहिलोपटक महिला मुख्यमन्त्री पाएको हो ।

मुख्यमन्त्री बनेसँगै उनले सरकारी नीतिहरू हेरफर गर्न आयोजित औपचारिक बैठकमा सहभागी भइन् । त्यस क्रममा उनले सरकारी निकायका अधिकारीहरूलाई आफ्ना सुझाव दिइन् । त्यसका साथै गोस्वामीले विधानसभाको सत्रमा मुख्यमन्त्रीको हैसियतले सरकारका विभिन्न निकायले गरेका कार्यहरूबारे पनि जानकारी लिइन् । आइतबार मध्याह्न गरिएको कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि उपस्थित थिए ।

मुख्यमन्त्री रावतले ट्वीट गर्दै ‘आफ्नो सरकार सबै छोरीहरूको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको’ जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ‘विभिन्न क्षेत्रमा क्रियाशील भारतीय छोरीहरूको सफलताको शुभकामना दिएका’ भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । किशोरीहरूको सशक्तीकरण, शिक्षा तथा स्वास्थ्यका लागि केन्द्र सरकारले विभिन्न कदमहरू सुरु गरेको मोदीले ट्वीटमार्फत जनाएका छन् ।

‘महिला सशक्तीकरणबारे जागरुकता फैलाउन’ उत्तराखण्ड सरकारले सृष्टिलाई एक दिनका लागि मुख्यमन्त्री बनाएको उत्तराखण्ड बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले बताइन् ।

सृष्टिले आफू एक दिनका लागि भए पनि मुख्यमन्त्री बन्न पाएको निकै खुसी लागेको बताएकी छन् । ‘एक दिनका लागि मुख्यमन्त्री बन्ने मौका पाएकामा म निकै खुसी छु । उत्तराखण्ड सरकारका विभागहरूको प्रस्तुतिपछि मैले उनीहरूलाई आफ्नो सुझाव दिएकी छु,’ सामाजिक सञ्जालमा सृष्टिले भनेकी छन् । आफूले बालिकाहरूको सुरक्षासँग जोडिएका विषयमा आफ्ना सुझावहरू केन्द्रित गरेको सृष्टिले बताइन् ।

रुड्कीस्थित कलेजमा अध्ययनरत सृष्टिले स्नातकमा कृषि विषय अध्ययन गरिरहेकी छन् । उनका बाबुको गाउँमा पसल छ भने आमा बालबालिका हेरचाह केन्द्रमा जागिरे छिन् । ‘मलाई निकै गर्व महसुस भइरहेको छ । छोरीहरूलाई साथ दिए उनीहरूले गर्न नसक्ने केही छैन । उनीहरू कोहीभन्दा कम छैनन् । उनीहरू कुनै पनि स्थान प्राप्त गर्न सफल छन्,’ सृष्टिकी आमाले भनिन् ।

प्रतिक्रिया